निषेधाज्ञामा चलाईरहेका टिप्पर र कार एकाापसमा ठोक्किदा एक जनाको मृ त्यु — OSNepal

निषेधाज्ञामा चलाईरहेका टिप्पर र कार एकाापसमा ठोक्किदा एक जनाको मृ त्यु

LC (KTM) June 10, 2021 0

धादिङ, २७ जेठ- गजुरी गाउँपालिका–६, जहरेखेतमा आज सवारी दुर्घटना हुदाँ एक जनाको मृ त्यु भएको छ भने एक जना घाइते भएका छन् । पृथ्वीराजमार्ग अन्तर्गत गाउँपालिकाको जहरेखेतमा टिप्पर र कार एकाापसमा ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृ त्यु भएको हो ।

मृ त्यु हुनेमा कार चालक दोलखा मेलुङ गाउँपालिका–१० का प्रकाश अधिकारी छन् भने घाइते हुनेमा कारमा सवार तनहुँको शुक्लागण्डकी नगरपालिका–८ का ४० वर्षीय दिलबहादुर श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक महेन्द्र खड्काले जानकारी दिनुभयो । गजुरीबाट काठमाडौँतर्फ जादै गरेको बा ४ च २७९ नम्बरको कार र बिपरित दिशाबाट आउदै गरेको बा ३ ख ७३९३ नम्बरको ट्रिपर एकआपसमा ठक्कर खादा दुर्घटना भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर