तमिलका सुपरस्टार थलापति विजयको ‘बीष्ट’ नेपालमा किन समयमा चल्न सकेन ? — OSNepal

तमिलका सुपरस्टार थलापति विजयको ‘बीष्ट’ नेपालमा किन समयमा चल्न सकेन ?

LC (KTM) April 22, 2022 0

काठमाडौँ । तमिलका सुपरस्टार थलापति विजयको बेजोड अभिनय रहेको फिल्म ‘बीष्ट’ आजबाट नेपालमा पनि रिलिज भएको छ । तमिल भाषाको एक्सन फिल्म ‘बीष्ट’ मा थलापति विजय र पूजा हेग्डेको मुख्य भूमिका रहेको छ ।

फिल्म भारतमा रिलिज गरिउको ७ दिनपछि मात्रै नेपाल भित्राइएको हो । हिन्दी भाषामा खासे नरुचाइएको यो फिल्मले तमिल भाषमा भने पहिलो सातामा सुपरहिटको व्यापार गरेको थियो । नेल्सनले लेखन तथा निर्देशन गरेको यो फिल्मलाई नेपाल ल्याउन वितरक सुमन खत्री र उनको टिमले निकै मेहेनत गरेको थियो ।

यो फिल्मको नेपालमा सेन्सर ढिला गरिएका कारण शुक्रबार एफक्यूब हलले मात्र फिल्मलाई एक शो दिँदा अन्यमा भोलीबाट मात्रै शो दिइने भएको छ ।

चलचित्र विकास बोर्डले कुनै पनि डब फिल्मलाई नेपाल भित्राउन नदिने निर्णयका लागि संचार मन्त्रालयलाई पत्रार गरिसकेको अवस्थामा भने वितरकहरु हात धोएरै लागिपरिरहेका छन् । यसअघि साउथ फिल्महरु पुष्पा, आरआरआर र केजीएफले नेपालमा धमाकेदार व्यापार गर्न सफल भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर