नक्कली डिएसपीलाई जब सक्कलीले समाते — OSNepal

नक्कली डिएसपीलाई जब सक्कलीले समाते

LC (KTM) June 15, 2021 0

काठमाडौं, ३१ जेठ- आफूलाई नेपाल प्रहरीको डाक्टर/प्रहरी नायव उपरीक्षक (डिएसपी) हुँ भन्दै भ्रम सिर्जना गरेको अभियोगमा तारकेश्वरस्थित भिक्टोरिया फार्मेसीका संचालक तारकेश्वर नगरपालिका-६ जरङ्गु बस्ने ४४ वर्षीय कृष्ण प्रसाद ढुङ्गानालाई प्रहरीले पक्राउ गरेको छ ।

उनले नेपाल प्रहरीका डिएसपीको पोशाक लगाएको फोटो फेसबुकमा राखी नपाएको ओहोदा/पदवी पाएको भन्दै भ्रम सिर्जाना गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनलाई उनकै फार्मेसीबाट पक्राउ गरेको हो ।

आफुलाई मेडिकल डाइरेक्टर Dr. Sk Dhungana हुँ भन्दै मेडिकल फर्म संचालन गर्दै आएको र नेपाल प्रहरीका कर्मचारीलाई सशस्त्र डिएसपी र सशस्त्र प्रहरी बलका कर्मचारीलाई नेपाल प्रहरीको डिएसपी हुँ भन्ने गरेको अनुसन्धानबाट खुल्न आएको छ । साथै उनको साथबाट ३ थान नेपाल प्रहरीको विभिन्न पदहरूको यूनिफम लगाएका फोटा, १ थान प्रहरी नायव उपरीक्षकको यूनिफम, १ थान नेपाल प्रहरीको जर्सि र १ थान मोबाइल प्रहरीले बरामद गरेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर