एक्कासी हावाहुरीसँगै ठूलो वर्षा भएपछि गोठाला गएका ७ जना सम्पर्कबिहीन — OSNepal

एक्कासी हावाहुरीसँगै ठूलो वर्षा भएपछि गोठाला गएका ७ जना सम्पर्कबिहीन

LC (KTM) June 16, 2021 0

जाजरकोट-जाजरकोटमा गोठाला गएका ७ जना सम्पर्कबिहीन भएका छन् । सम्पर्कविहीन हुनेमा ४४ वर्षीय भक्तबहादुर रोकाया, १० वर्षीय कृष्ण रोकाया, १४ वर्षीया दुर्गा रोकाया र ५५ वर्षीया गंगा खड्का ३५ वर्षीय दिलबहादुर खड्का, २५ वर्षीय विक्रम खड्का, २८ वर्षीया चन्द्रा खड्का, १८ वर्षीय भविन्द्र खड्का, १२ वर्षीय भिमबहादुर खड्का, १७ वर्षीया तुलसरा खड्का र सोही गाउँपालिका वडा नम्बर ९ चैनका ४० वर्षीय कृष्ण रोकाया रहेका छन् ।

कुसे गाउँपालिका–८,जलजला पाटनमा गोठाला गएका उनीहरु सम्पर्कबिहीन भएका हुन् ।औँलाजाका उनीहरु जेठ ३१ गते गाई, भैंसी र बाख्रा लिएर भेरीगोठका लागि ११ जना पाटन गएका थिए। तीमध्ये चारजना सम्पर्कमा आएको बताइएको छ । यस क्षेत्र सडक सञ्जालसँग नजोडिएकाले पैदल हिडेर जान सदरमुकाम खलंगाबाट करिब चार दिन लाग्ने बताइएको छ । पाटनमा एक्कासी हावाहुरीसँगै ठूलो वर्षा भएपछि उनीहरु सम्पर्कविहीन भएका हुन् ।

तस्विर स्रोत : मानबहादुर कुँवर/ साझा बिसौनी दैनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर