आगामी नोभेम्बरमा कतारमा हुने फिफा विश्वकप अर्जेन्टिनाले जित्ने सुवास नेम्वाङको विश्वास — OSNepal

आगामी नोभेम्बरमा कतारमा हुने फिफा विश्वकप अर्जेन्टिनाले जित्ने सुवास नेम्वाङको विश्वास

LC (KTM) July 01, 2022 0

काठमाडौं १७ असार । नेकपा एमाले उपाध्यक्ष सुवास नेम्वाङले आगामी नोभेम्बरमा हुने कतार फिफा विश्वकप अर्जेन्टिनाले जित्ने विश्वास व्यक्त गरेका छन् ।

पुर्व सभामुख समेत रहेका नेम्वाङले शुक्रवार नेपाल ल क्याम्पसको स्थापना दिवसको अवसरमा बोल्दै आफु अर्जेन्टिनी स्टार खेलाडी लियोनल मेस्सीको समर्थक भएको बताएका छन् ।

कतारमा चार महिना पछि हुने विश्वकप हेर्न सबैलाई आग्रह गरेका उनले भने , ‘कतारमा चार महिना पछि हुने फुटबल तपाई हामी, आ–आफ्नो घरमा बसेर होस् या यही बसेर होस् । सकिएछ भने कतार पुगेर होस्, हेरौला ।’

आफू अहिले खेल्ने अवस्थामा नरहे पनि राति उठेर युरोपेली लिग हेर्दै आएको समेत बताएका छन् । ‘आजकाल आफै खेल्न नसक्ने भए पनि १२–१ बजे फुटबल हेर्छु । इंग्लिस प्रिमियर लिग, ला लिगा ’ उनले भने।

मेस्सी बार्सिलोना छोडेर फ्रेन्च क्लब पेरिस सेन्ड जर्मेन (पीएसजी) गएकाले अहिले अर्जेन्टिना र पीएसजीको खेल मात्र हेर्ने बताएका उनले भने ,’पीएसजी पुगेको हुँनाले बार्सिलोनाको हेर्न छोडेको छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर