अर्थमन्त्री फेर्न आवश्यक छैन : देउवा- प्रचण्ड — OSNepal

अर्थमन्त्री फेर्न आवश्यक छैन : देउवा- प्रचण्ड

LC (KTM) July 05, 2022 0

काठमाडौं २१ असार । प्रधानमन्त्री शेरबहादुर देउवा ,नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्थमन्त्री जनार्दन शर्माबिच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल भएको छ ।

आज मंगलबार साँझ मन्त्रिपरिषद्को बैठक सकिए लगत्तै देउवा र प्रचण्डले शर्मासँग छलफल गरेका हुन् । करिब डेढ घण्टा लामो छलफलमा देउवा र प्रचण्ड तत्काल शर्माले राजीनामा दिन नपर्ने भन्नेमा सहमत भएका छन् ।

अर्थमन्त्री शर्माले भने आफूले कुनै कमजोरी नगरेको भन्दै बजेटको लोकप्रिय कार्यक्रम देखेर प्रतिपक्षले अनावश्यक प्रहार आफूमाथि गरिरहेको दाबी गरेका छन् ।

बजेट प्रस्तुत गर्नु अघिल्लो रात ९जेठ १४० गते अनाधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश गराई करका दररेटमा हेरफेर गरेर बजेट निर्माण गरेको आरोप लागेको शर्माको राजीनामा चौतर्फी रुपमा माग भएको छ । तर पनि शर्मा भने आफुले कुनै गल्ती नगरेकाले राजीनामा नदिने भन्दै आएका छन् ।

सोही दिनको सीसीटीभी फुटेज समेत १३ दिनपछि स्वतः नरहने भनी मन्त्रालयले भनेपछि प्रतिपक्षी दल थप आक्रामक रुपमा अर्थमन्त्रीविरुद्ध प्रस्तुत भएको छ ।

अध्यक्ष पचण्डले अर्थमन्त्रीमाथि आक्रामण गर्न खोजेर माओवादीमाथि आक्रमण गर्न खोजेको आरोप समेत लगाएका थिए ।

नागरिक स्तरबाट समेत अर्थमन्त्रीमाथि नैतिकताका आधारमा राजीनामा दिन दबाब बढाइरहँदा माओवादी भने शर्माले राजीनामा दिन नपर्ने भन्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर