काठमाडौं २२ असार । नेपाल आयल निगमले हवाई इन्धनको मूल्यमा प्रतिलिटर ५ रुपैयाँ बढाएको छ । हवाई इन्धनको मुल्य बढेसँगै वायुसेवा सञ्चालक संघ हवाई भाडा पाि बढाएको छ ।
हवाई भाडा बढेसँगै अब काठमाडौंबाट धनगढी पुग्न अधिकतम १७ हजार २५ रुपैयाँ लाग्ने भएको छ ।
त्यसैगरी, काठमाडौंबाट पर्वतीय उडानको भाडा १४ हजार ८९० रुपैयाँ , काठमाडौंबाट सिमराका लागि अधिकतम ४ हजार २४० रुपैयाँ भाडा लाग्ने भएको छ ।
हवाई इन्धनको मुल्य अब १८५ रुपैयाँ प्रतिलिटरबाट १९० रुपैयाँ पुगेको छ ।