पछिल्लो २४ घण्टामा ४०२० ले जिते कोरोना, संक्रमण हुनेभन्दा निको हुनेको संख्या दोब्बर — OSNepal

पछिल्लो २४ घण्टामा ४०२० ले जिते कोरोना, संक्रमण हुनेभन्दा निको हुनेको संख्या दोब्बर

LC (KTM) June 18, 2021 0

काठमाडौं । पछिल्लो २४ घण्टामा ४०२० जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ७५६९ जनामा भएको पीसीआर परीक्षणमा १९६३ र ५४६८ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८०५ गरी २,७६८ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार शुक्रबार कोरोना संक्रमणबाट ४४ जनाको मृत्यु भएको छ । पछिल्ला दिनमा संक्रमणदर घटीरहँदा मृत्युदर पनि घटेको मन्त्रालयले जनाएको छ ।

यो पनि :पार्टी आधिकारिकताका लागि जसपा यादव पक्ष निर्वाचन आयोगमा-जनता समाजवादी पार्टी नेपाल (जसपा) को उपेन्द्र यादव पक्ष पार्टीको आधिकारिकता दावी गर्दै निर्वाचन आयोग गएको छ । अध्यक्ष यादवसहितका नेताहरुको टोलीले आज निर्वाचन आयोगमा पुगी जसपाको वैधानिकताको दावी गरेको हो ।

यसअघि गत जेठ १८ को पार्टी पदाधिकारी बैठकले निर्णय गरेबमोजिम पार्टी आधिकारिकरूपमा सञ्चालन गर्नुपर्ने भएकाले यही असार ३ गतेको कार्यसमितिको निर्णयबमोजिम पार्टी आधिकारिताको विवाद निरुपण सम्बन्धमा निर्वाचन आयोगसँग दलको विधान तथा कानूनबमोजिम निर्णयका लागि लिखित दावी पेश गरिएको जसपाले आयोगलाई बुझाएको निवेदनमा उल्लेख छ ।

सत्ता समीकरणमा दुई पक्षमा विभाजन भएको जसपाको एउटा समूहको नेतृत्व यादव र अर्को पक्षको नेतृत्व अध्यक्ष महन्थ ठाकुरले गर्नुभएको छ । ठाकुर नेतृत्वको समूह अहिले सरकारमा सहभागी छ । पार्टी आधिकारिकताको लामो समयदेखि विवाद छ । दुवै पक्षले एक अर्कालाई कारबाही गरेर पार्टीबाट निष्कासन गरे पनि निर्वाचन आयोगले मान्यता दिएको छैन ।

यादव पक्षको बिहीबार भएको कार्यकारिणी समितिको बैठकले जसपाको आधिकारिकताका लागि निर्वाचन आयोगमा निवेदन दिने निर्णय गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर