प्रधानमन्त्रीको ज्योतिष रिजालको सुझाव : एकादशी र दुई पुष्कर योगको दिन परेकाले निर्वाचनका लागि उत्तम दिन मंसिर ४ — OSNepal

प्रधानमन्त्रीको ज्योतिष रिजालको सुझाव : एकादशी र दुई पुष्कर योगको दिन परेकाले निर्वाचनका लागि उत्तम दिन मंसिर ४

LC (KTM) August 02, 2022 0

काठमाडौं १७ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाका ज्योतिष सुरेशचन्द्र रिजालले संघीय तथा प्रदेशसभा निर्वाचनका लागि मंसिर ४ को उपयुक्त हुने बताएका छन् ।

मंसिर १० पछि शुक्लपक्ष भएकाले त्यो बेला निर्वाचन गर्दा थोरै समस्या हुन सक्ने भन्दै रिजालले मंसिरको पहिलो साता उपयुक्त हुने त्यसमा मंसिर ४ सबैभन्दा उत्तम दिन भएको बताएका छन् ।

मंसिर ४ एकादशी र दुई पुष्कर योगको दिन परेकाले सर्वाधिक राम्रो दिन रहेको उनले बताएका छन् ।

‘अहिले दुई भन्दा बढी दल मिलेर नै सरकार चलाउने योग हो । गठबन्धन अघि बढाउन दुई पुष्कर योग भएको दिनमा निर्वाचन गर्नु राम्रो हुन्छ’, रिजालले भने ।

यस विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाले गृहमन्त्री बालकृष्ण खाँणसहित आफू निकट नेताहरुसँग छलफल गरिसकेको निकट स्रोतले जनाएको छ ।

ज्योतिष रिजालले यो गठबन्धन २०८१ सालसम्म रहने दावी समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर