अरिङ्गाल झार्न गएको बेला अरिङ्गालले टोकेर सुवर्णको मृत्यु — OSNepal

अरिङ्गाल झार्न गएको बेला अरिङ्गालले टोकेर सुवर्णको मृत्यु

LC (KTM) August 07, 2022 0

रुकुम पश्चिम – रुकुम पश्चिममा अरिङ्गालले टोकेर एक जनको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका १ का ३८ वर्षीय सुवर्ण सुनार रहेका छन् । सुनार त्रिवेणी गाउँपालिका अन्तर्गत कर सङ्कलन केन्द्र झुल्नेटामा कर सङ्कलक पदमा कार्यरत थिए ।

साथीहरूसँग सल्यानको बाँफुखोलामा अरिङ्गाल झार्न गएको बेला उहाँलाई ५० वटाभन्दा धेरै अरिङ्गालले टोकेका थिए । तीन दिन अगाडि अरिङ्गालले टोको सुनारलाई आज आइतवार उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा ज्यान गएको हो ।

अरिङ्गालले चिलेपछि तीन दिनसम्म झुल्नेटामा रहेको स्वास्थ्य संस्थामा उपचार गर्दा ठिक नभएपछि नेपालगञ्ज लैजादै गर्दा बाटोमा नै ज्यान गएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर