काठमाडौंमा- मंगलबार राती भीषण वर्षा भउको छ । भीषण वर्षाका कारण धोबी खोला सहित वागमती, विष्णुमती लगायतका ठूला नदीहरु बढेका छन् । धोवीखोलामा पनि पानीको सतह बढेर सडकसम्म आएको छ ।
दिउसो आज काठमाडौं अत्यधिक गर्मी भएको थियो । पानी परेसँगै सीतल महसुस भएको छ । यस अघि आज बिहान सुदूरपश्चिम, कर्णाली, गण्डकीमा वर्षा भएको थियो ।
राति गण्डकी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थान र बाँकी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको आकलन गरिएको थियो ।