साहित्यकार अमर वान्तुले ल्याए ‘झिलिमिली झिलिमिली तिहार’ — OSNepal

साहित्यकार अमर वान्तुले ल्याए ‘झिलिमिली झिलिमिली तिहार’

LC (KTM) October 24, 2022 0

काठमाडौं । गीतकार तथा साहित्यकार अमर वान्तुले नेपालीहरूको महान पर्व तिहारलाई लक्षित गरेर तिहार गीत श्रोता/दर्शकमाझ ल्याउनुभएको छ । उहाँको तिहार गीत ‘झिलिमिली झिलिमिली तिहार’ श्रोता/दर्शकमाझ आएको हो ।

शान्तिराम राईको सङ्गीत, अग लामाको सङ्गीत संयोजन र मुस्कान राईको मिक्सिङ तथा माष्टरिङ रहेको गीतमा विक्रम राई, अशोक मुकारुङ, शान्तिराम राई, मनमावी राई, सविना योङहाङ लिम्बु, मनिता राई र विनुसा राईको स्वर रहेको छ ।

अनिल राईको निर्देशन तथा कोरियोग्राफी रहेको गीतको भिडियोमा दीपक गिरीको छायाँकन र विनोद वमको सम्पादन रहेको छ । भिडियोमा हास्य कलाकार प्रविन राईलगायतका कलाकारको अभिनय रहेको छ ।

‘देश, परदेश जहाँ जहाँ छौ सबैको दुःख सुख एक ठाउमा होला तर हाम्रो चाडपर्ब रितिरिवाजले हामी सबैलाई उस्तै छुन्छ उस्तै प्यारो लाग्छ । सबैलाई तिहारको हार्दिक शुभकामना सहित तिहार गीत यहाँहरू माझ ल्याएका छौ, जहाँ जहाँ छौ यो गीत सुनेर हेरेर नाचेर रमाउदै बसौ’, स्रष्टा वान्तुले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर