आज घट्यो अमेरिकी डलरको भाउ, हेर्नुहोस कुन देशको कति पुग्यो ? — OSNepal

आज घट्यो अमेरिकी डलरको भाउ, हेर्नुहोस कुन देशको कति पुग्यो ?

LC (KTM) December 01, 2022 0

काठमाडौँ। बिहिबार अमेरिकी डलरको भाउ घटेको छ। नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार आज एक अमेरिकी डलरको खरिददर १२९ रुपैयाँ ९८ पैसा र बिक्रीदर १३० रुपैयाँ ५८ पैसा रहेको छ ।

बुधबार एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ४६ पैसा र बिक्रीदर १३१ रुपैयाँ ०६ पैसा रहेको थियो।सिङ्गापुरे डलरको खरिददर ९५ रुपैयाँ ०६ पैसा र बिक्रीदर ९५ रुपैयाँ ५० पैसा र जापानी येनमा १० एकको खरिदमा ९ रुपैयाँ ३७ पैसा र बिक्रीमा ९ रुपैयाँ ४१ पैसा रहेको नेपाल राष्ट्र बैकले जनाएको छ।

अष्ट्रेलियन डलर खरिद ८७ रुपैयाँ ४२ पैसा र बिक्रीमा ८७ रुपैयाँ ८३ पैसा कायम छ। क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ०५ र बिक्रीदर ९६ रुपैयाँ ५० पैसा छ।युरोपियन युरो एकको खरिददर १३४ रुपैयाँ ८२ पैसा र बिक्रीदर १३५ रुपैयाँ ४४ पैसा रहेको छ ।

चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ३२ पैसा र बिक्रीदर १८ रुपैयाँ ४० पैसा, साउदी अरेवियन रियाल एकको खरिदमूल्य ३४ रुपैयाँ ५७ पैसा र बिक्रीमूल्य ३४ रुपैयाँ ७३ पैसा रहेको छ।मलेसियन रिंग्गेट एकको खरिददर २९ रुपैयाँ २३ पैसा र बिक्रीदर २९ रुपैयाँ ३६ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७४ पैसा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर