राष्ट्रिय स्वतन्त्र पार्टीको बैचारिक सिद्धान्त : दक्षिणपन्थी कि बामपन्थी ? — OSNepal

राष्ट्रिय स्वतन्त्र पार्टीको बैचारिक सिद्धान्त : दक्षिणपन्थी कि बामपन्थी ?

LC (KTM) December 01, 2022 0

राष्ट्रिय स्वतन्त्र पार्टीको बैचारिक सिद्धान्त कस्तो हुने भन्ने कुराको निक्र्याेल भइसकेको छैन । दल दर्ता भएको एकदमै छोटो समयमा जनताको मन र मत जित्न सके पनि बैचारिक मतभिन्नता दलभित्रै रहेको छ । पार्टीका सभापति रवि लामिछानेले चुनाव अघि पार्टीको स्पष्ट धार भनेका थिएनन् ।

उनले भ्रष्टाचार र कालोबजारी रोक्न, मूल्यवृद्धि नियन्त्रण गर्न, पूर्वाधारलाई गुणस्तरीय बनाउँदै समयमा सम्पन्न गर्न विचार नचाहिने भन्दै आफ्ना धारणाा राखेका थिए । तर पछिल्लो समय दक्षिणपन्थ कि बामपन्थ भन्ने सवालमा बैचारिक मतभिन्नता सुरु भईसकेको छ ।

उनकै पार्टीभित्र सुशुप्त रुपमा रास्वपाको वैचारिक लाइन सेन्टर टु राइट मध्यबाट दक्षिणपन्थ, सेन्टर टु लेफ्ट मध्यबाट वामपन्थ वा सेन्ट्रिजम मध्यमार्ग के हुने भन्ने विषयमा बहस चलिरहेको छ । लामिछाने स्वयंले एक अन्तर्वाका क्रममा वैचारिक हिसाबले रास्वपा ‘मिडल राइट’हुने संकेत दिएका थिए ।

तर, काठमाडौं–६ बाट निर्वाचित सांसद शिशिर खनालले पार्टीको वैचारिक लाइन ‘सेन्टर टु लेफ्ट’ मध्यबाट बायाँ भएको बताएका छन् । पार्टीबाट उम्मेदवार बनेकामध्ये सभापति लामिछानेको विचारसँग बाझिने गरी सार्वजनिक अभिव्यक्ति दिनेमा खनाल मात्र नभएर अरु पनि रहेका छन् ।

विवेकशील साझा पार्टीको पृष्ठभूमिबाट आएर काठमाडौं–८ बाट निर्वाचित विराजभक्त श्रेष्ठले दुवैभन्दा भिन्न तर्क पनि अघि सारेका छन् । उनको बुझाइमा रास्वपा ‘सेन्ट्रिजम मध्यमार्ग मा अडिएर ‘लेफ्ट–राइट’ गर्दै अघि बढ्नुपर्छ ।

श्रेष्ठको भने बाद र सिद्धान्तमा अल्झिएर जानु भन्दा आफु अनुकुल सिद्धान्तलाई समय र परिस्थिती अनुसार परिमार्जित गर्दै लैजानुपर्ने बिचार रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर