ब्याट ब्यालेन्स च्यालेन्जमा अभिनेत्री अनुष्काले क्रिकेटका बादशाह बिराटलाई दिईन् यस्तो टक्कर , भयो सामाजिक सञ्जालमा भाईरल — OSNepal

ब्याट ब्यालेन्स च्यालेन्जमा अभिनेत्री अनुष्काले क्रिकेटका बादशाह बिराटलाई दिईन् यस्तो टक्कर , भयो सामाजिक सञ्जालमा भाईरल

LC (KTM) July 02, 2021 0

बलिउड अभिनेत्री अनुष्का शर्मा र भारतीय क्रिकेटर बिराट कोहली एकदमै परफेक्ट कपलमा देखिन्छन् । उनीहरु एक अर्काको भिडीयो सामाजिक सञ्जालमा आफ्ना फ्यानहरुका लागि शेयर गरीनै रहेका हुन्छन् । दुबै जनाको दाम्पत्य एकदमै सन्तुलित समेत रहदै आएको छ ।

उनीहरु दुबै जना फरक क्षेत्रका सेलीब्रेटी भए पनि एक अर्काको क्षेत्रलाई एकदमै रेस्पेक्ट समेत गर्छन् । कहिले बिराट संग गाँसिएको क्रिकेटका बिषयमा अनुष्काले सामाजिक सञ्जालमा पोष्ट गरिरहेकी हुन्छिन् त कहिले बिराटले अनुष्का संग जोडीएको फिल्म क्षेत्रका बिषयमा चासो देखाईरहेका हुन्छन् ।

यसैबीच सामाजिक सञ्जालमा यी दम्पत्तिको एउटा च्यालेन्ज अहिले भाईरल भएको छ । अनुष्का शर्मा र विराट कोहली पछिल्लो समय ब्याट च्यालेन्जका कारण सामाजिक सञ्जालमा चर्चामा आएका छन् । अनुष्काले आफ्नो इन्स्ट्राग्राममा ब्याट ब्यालेन्स गरेको भिडियो अपलोड गरेकी थिइन् । विराटले पनि त्यहि भिडीयो इन्स्ट्राग्राममा अपलोड गरेका छन् ।

उनीहरुको भिडियोका क्रिकेटको ब्याट लाई एउटा औलामा राखेर ब्यालेन्स गर्नुपर्ने प्रतिष्पर्धा देखिएको छ । बिराटको भन्दा मज्जाले अनुष्काले ब्याटलाई एउटा औलामा होल्ड गर्न सक्षम देखिएकी छिन् । उनीहरुको यो भिडियो अहिले सामाजिक सञ्जालमा भाईरल भईरहेको छ । उक्त भिडियोमा उनीहरुका फ्यानहरुले धमाधम कमेन्ट गरिरहेका छन् । यो भिडीयो सामाजिक सञ्जालमा छोटो समयमा निक्कै भाईरल भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर