नायिका गरिमा शर्मा निता ढुगांनाको ‘ह्रस्वदीर्घ’मा अनुबन्धित — OSNepal

नायिका गरिमा शर्मा निता ढुगांनाको ‘ह्रस्वदीर्घ’मा अनुबन्धित

LC (KTM) January 01, 2023 0

काठमाडौं । टिकटकदेखि म्यूजिक भिडियो हुँदै मोडल गरिमा शर्माको कलाकारिताको यात्राले फिल्मसम्मको गन्तब्य तय गर्ने भएको छ । गरिमाले निकै नै आशा गरिएको र ठूलो बजेटको भनिउको निता ढुगांनाको निता फिल्म्सबाट निर्माण हुन लागेको चलचित्र ‘ह्रस्वदीर्घ’मा काम गर्ने अवसर पाएकी छिन् ।

छायांकनको तयारीमा रहेको यस चलचित्रमा केही समयता देखि कलाकार छनौट गर्ने काम जारी रहेका बेला नायिका गरिमा शर्मा अनुबन्धित भएकी हुन् । केही दिन अगाडिमात्र ‘ह्रस्वदीर्घ’मा अभिनेत्री बिपना थापा अनुबन्धित भएकी थिइन।

थापा १६ वर्षपछि यसै चलचित्रमार्फत अभिनयमा कम ब्याक गर्न लागेकी हुन् । यस अघि चलचित्रमा बलिउड अभिनेताहरू पनि अनुबन्धित भइसकेका छन्।

चलचित्रमा चर्चित दक्षिण भारतीय भिलेन सुनिल बर्मा, तेलुगु फिल्मसका चर्चित अभिनेता अलि, सुपरहिट मानिएको बलिउड चलचित्र ‘गजिनी’ का भिलेन राज रावल र चर्चित भारतीय अभिनेता तथा कमेडीयन ब्रम्हानन्दले खेल्ने फिल्ममा गरिमाको इन्ट्रीपछि पनि अझै केही कलाकारहरु थप्ने तयारी निर्माण यूनिटको रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर