आकर्षक रोजगारीको प्रलोभनमा परी ओमान पुगेका २४ नेपाली युवा अलपत्र — OSNepal

आकर्षक रोजगारीको प्रलोभनमा परी ओमान पुगेका २४ नेपाली युवा अलपत्र

LC (KTM) January 12, 2023 0

काठमाडौं -ओमान पुगेका २४ नेपाली युवा अलपत्र परेका छन्। राम्रो कमाई हुने भन्दै ओमानको अल नसीम इन्जिनियरिङ् सर्विसेस कम्पनीको बिल्डिंग कन्ट्क्शनको कामका लागि गएका उनीहरु तीन महिना काम गरेपछि एक महिनाको तलब मात्रै पाएको बताएका छन् ।

विगत चार महिनाअघि ओमान पुगेका उनीहरूले सम्झौताअनुसारको कम्पनी नभेटिएको बताएका छन्। उद्धारको पर्खाइमा विगत एक महिनादेखि कोठामै बसिरहेको उनीहरूले बताएका छन् ।

आफूहरूलाई सकुशल उद्धार गरी स्वदेश फर्कने वातावरण मिलाइदिन र म्यानपावरका सञ्चालकलाई कारबाही गरी क्षतिपूर्ति दिलाइदिन आग्रह गरेका छन् ।

करिब ५० हजार मासिक तलब दिने आश्वासन पाएर प्रतिव्यक्ति १ लाख ५५ हजार हजारसम्म बुझाएर ओमान आएको उनीहरूको बिचल्ली परेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर