संसद भवन अगाडी पेट्रोल छर्किएर आँफैमाथि आगो लगाएका प्रेम आचार्यको निधन, दुई छोरी बने टुहुरा — OSNepal

संसद भवन अगाडी पेट्रोल छर्किएर आँफैमाथि आगो लगाएका प्रेम आचार्यको निधन, दुई छोरी बने टुहुरा

LC (KTM) January 25, 2023 0

काठमाडौं । काठमाडौंको नयाँ वानेश्वरमा आत्मदह प्रयास गरेका इलामका ३७ वर्षीय प्रेमप्रसाद आचार्यको उपचारका क्रममा निधन भएको छ ।

आचार्यले मंगलबार संघीय संसद् भवन नयाँ बानेश्वर अगाडि पेट्रोल छर्किएर आफैमाथि आगो लगाउनु अघि फेसबुकमा आफ्नो पिडा, वेदना र ऋणमा डुबेको कसैबाट सहयोय नपाएको निकै लामो स्टाटस लेखेका थिए । उनको लामो स्टाटसमा फ्रस्टेशन, निराशा, राज्यबाट ऋणका लागि पनि सहयोग नपाएको, ऋण दिनेहरुले पनि निकै दुख दिएको जस्ता गुनासोहरुले भरिएको थियो ।

स्टाटस पोस्ट गरेर आचार्य मंगलबार संघीय संसद् भवन नयाँ बानेश्वर अगाडि पेट्रोल छर्किएर आफैमाथि आगो लगाए । जुन भिडियो समेत बाहिरिएको छ । आगो सल्किएपछि गम्भीर घाइते भएका उनको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको थियो ।

तर उनको बुधबार बिहान उपचारकै क्रममा निधन भएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार आचार्यको करिब ८० प्रतिशत शरीर जलेको बताइएको थियो । इलामको सूर्योदय नगरपालिकाका उनका दुई छोरी र पत्नि छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर