पर्वतको बडागाउँ भिरमा अड्किएका गौतमको यसरी गरियो शकुशल उद्धार — OSNepal

पर्वतको बडागाउँ भिरमा अड्किएका गौतमको यसरी गरियो शकुशल उद्धार

LC (KTM) February 03, 2023 0

पर्वत -पर्वतमा भिरमा अड्किएका एक व्यक्तिको सकुशल उद्धार गरिएको छ । पर्वतको कुश्मा नगरपालिका(५ मा रहेको बडागाउँ भिरमा अड्किएका कुश्मा नगरपालिका-७ दुर्लुङ्गचोकका ५३ वर्षीय गौतम गिरीको शकुशल उद्धार गरिएको हो ।

उनलाई सशस्त्र प्रहरीले आज सकुशल उद्धार गरेको हो । सशस्त्र प्रहरी बल नेपाल नम्बर २५ गण चण्डिका पर्वतबाट सशस्त्र प्रहरी निरीक्षक केशव शर्माको नेतृत्वमा खटिएको टोलीले रोप रेस्क्य विधि अपनाइ उहाँलाई करिब १५ मिटर तलबाट उद्धार गरेको हो।

उद्धार पश्चात गिरीलाई उपचारको लागि जिल्ला अस्पताल पर्वत पठाइए पनि उनको स्वास्थ अबस्था सामान्य रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर