अमेरिकाबाट गीतकार कुमार शिवाकोटीले ल्याए ‘भिझाएर आँशु’, हेर्नुहोस् भिडियो — OSNepal

अमेरिकाबाट गीतकार कुमार शिवाकोटीले ल्याए ‘भिझाएर आँशु’, हेर्नुहोस् भिडियो

LC (KTM) March 18, 2023 0

काठमाडौँ। भनिन्छ कला र साहित्य सृजना गर्नका लागि भूगोलले छेक्दैन । बश इच्छा हुनु पर्यो, समय मिलाउनुपर्यो गीत संगीत र शब्दमा सलल जहाँ बसेर पनि बग्न सक्छन् गीतकार । जसमध्येका एक हुन् ह्यारिसबर्क पेन्सिलभेनियामा करिब १ दशकदेखि बस्दै आएका गीतकार कुमार शिवाकोटी । परवासमा रहेर पनि गीत संगीतमा निरन्तर सक्रिय बन्दै आएका गीतकार शिवाकोटीले पछिल्लो पटक बजारमा ल्याएको ‘भिजाएर आँशु’ बोलको गीतको म्युजिक भिडियोले राम्रो चर्चा बटुलीरहेको छ ।

गायक रामकृष्ण ढकालको सुमधुर स्वरमा सजिएको गीतकार कुमारको गीतमा दीपक शर्माले संगीतवद्द गरेको यस गीतमा फणिन्द्र राईको संगीत संयोजन रहेको छ। सार्वजनिक गीत वास्तविक घटनामा आधारित रहेको गीतकार कुमार बताउँछन् । भन्छन् बाबु आमालाई चित्त दुखेको कुरा छोराले महशुस गरेको र पछुतो भएको कथालाई भिडियोमा देखाइएको छ । जुन निकै वेदना र मर्मस्पशी कथा हो । हाम्रो समाजमा यस्ता कैँयौँ कथाहरु छन् जसमध्ये यो घटनाले धेरैको मन छुन्छ ।

सुजन श्रेष्ठले छायाँकन गरेको यस म्युजिक भिडियोमा कलाकारहरु सुधिर श्रेष्ठ, उषा उप्रेती, सुरवीर पण्डित र हिउँवाला गौतमको अभिनय रहेको छ। भिडियोलाई बिष्णु खड्काले सम्पादन गरेका हुन्। मुनालशिशिर कोइरालाको निर्देशनमा भिडियो तयार पारिएको हो। भिडियो ‘जन्मभूमि इन्टरटेन्मेण्ट’ नामक युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो ।

२०५८ साल देखि नेपाली संगीतमा सक्रिय गीतकार कुमार शिवाकोटीले १५० बढी गीत र ५० भन्दा बढी गजलहरु लेखेका छन् । विभिन्न व्यवसायमा आबद्द गीतकार कुमारका पत्नि र दुई छोरी छन् । कुमारकी पत्नि यस्ना लुईटेल शिवाकोटी पेशाले व्युटिसियन हुन् । कुमारका दुई छोरीहरु प्रिन्सा र प्रनिकाका साथमा ह्यारिसबर्कमा हाँसी खुशीसाथ बसिरहेका छन् ।

२०१४ देखि अमेरिकामा परिवारसहित रहँदै आएका कुमारको केही समयपछि नेपाल घुम्ने आउने योजना भएको बताउँछन् । यसअघि सिवाकोटीको शब्दमा रहेको ‘जँहा भए नि नेपाली बन्न पाइयोस’ र ‘सानीलाई’ बोलको गीतलाई दर्शक स्रोताले निकै रुचाएका थिए । उनका अहिलेसम्म २ दर्जन बढी गीतहरु आफ्नै शब्दमा रेकर्ड भइसकेका छन् भने जसमध्ये आधा दर्जन उनका शब्दका गीतहरु बजारमा आइसकेका छन् । हेर्नुहोस् सार्वजनिक गीत ‘भिजाएर आँशु’ को भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर