बजारमा पैसाको हाहाकार अर्थमन्त्री महत मौन ! — OSNepal

बजारमा पैसाको हाहाकार अर्थमन्त्री महत मौन !

LC (KTM) April 04, 2023 0

रुषा थापा- बुढोपाकाले भन्थे,‘जो मानिस लोभलालचमा फस्दैँन, अरुको देखासिकी गर्दैन र दुःख गरेर इमानदारीका साथ रकम कमाउँछ, त्यो मानिसले कहिल्यै दुःख पाउँदैन ।’ तर, केही वर्षअघिदेखि अरुलाई ठगेर कमाएका सेयर, घरजग्गा दलालीहरु अहिले ऋण तिर्न नसकेर भागेर हिडेका छन् ।सेयर दलालीहरुले बैंकले सय रुपैयाँमा निष्काशन गरेको सेयर ३२ सय कित्तामा बेचेर सर्वसाधारणलाई ठगे त जग्गा दलालीहरुले आनाको ५ हजारमा बिक्री नहुने खेतीयोग्य जमिन खण्डीकरण गरी आना कै ७० लाखमा बेचे ।यसरी सर्वसाधारणलाई ठगेर रातारात करोडपति बनेका दलालहरु आज बैंक तथा वित्तिय संस्थाको ऋण तिर्न नसकेर विष खाएर वा पासो लगाएर आत्महत्या गरेको कुरा पनि सुनिन्छ । बैंक तथा वित्तिय संस्थाका अध्यक्ष, सञ्चालक र कर्मचारीहरुलाई घुस दिई यीनीहरुले ऋण लिए ।तर, अहिले आएर तिर्न नसक्दा यीनीहरुको यस्तो अवस्था आयो । ३२ सय रुपैयाँमा बेचिएका सेयर पनि पहिलेकै भाउमा र ७० लाख आनामा बेचेको जग्गा पनि पहिलेकै रेटमा आउने भएको छ । दलालीहरुले ऋण तिर्न नसकेपछि भागि नै हाले या घरजग्गा, गाडी र सेयरमा लगानी गरेका बैंक तथा वित्तिय संस्थाहरु पनि अहिले भाग्नुपर्ने अवस्थामा पुगेका छन् ।

पछिल्लो समय बैंक तथा वित्तिय संस्थाले बचतकर्ताको रकम सबै घरजग्गा, गाडी र सेयरमा लगानी गरेका छन् । तर, यो क्षेत्रमै पूरै मन्दी आएपछि अब बैंक तथा वित्तिय संस्थाका कर्मचारी, अध्यक्ष र सञ्चालक कि त भाग्नुपर्यो होइन भने जेलको चिसो भुईँमा बस्न तयार हुनुपर्यो ।बजारमा अहिले न नयाँ गाडी किन्ने मान्छे छ न पुरानो । २० लाख मूल्य बराबरको किनेको गाडी अहिले रकमको खाँचो परेर एक लाखमा बेच्छुभन्दा पनि बिक्दैँन । यता यातायात र मालपोत कार्यालयमा सुनसान छाएको छ त राज्यको ढुकुटीमा राजस्व संकलन हुन छोडिसकेको छ ।अहिले त घरजग्गा दलाली, सेयर दलालीहर बैंक तथा वित्तिय संस्थाको ऋण तिर्न नसकेर आत्महत्या गरेको घटना सार्वजनिक भइरहेको छ । अब कुन दिनदेखि घरजग्गा, गाडी र सेयरमा गरेको लगानी डुबेर बचतकर्ताको रकम फिर्ता गर्न नसकेर बैंक तथा वित्तिय संस्थाका कर्मचारी, अध्यक्ष र सञ्चालकले पनि आत्महत्या गरेको कुरा बाहिर आउनेछ ।

अब सर्वसाधारण जनताले आफुसँग भएको रकम बैंक तथा वित्तिय संस्थामा जम्मा गर्नेछैनन् । किनकि सहकारी भागेको र बैंक डुबेको कुरा उनीहरुले थाहा पाइसकेका छन् । बचतकर्ताहरु अब ब्याजको लोभमा आफ्नो साँवा फसाउँदैनन् । यता बैंक र सहकारीमा पैसा निकाल्नेको लाम लागेको छ । तर, राख्ने भने शून्यझैँ छन् ।
मानिसहरु भन्छन्, ‘दिन गएपछि रात आउँछ त रात गएपछि दिन ।’ अहिले घरजग्गा, गाडी र सेयर दलालीको भागाभाग चल्दा बैंक तथा वित्तिय संस्थाका अध्यक्ष, सञ्चालक र कर्मचारी मख्य परेका छन् । तर, अब दलालीकै यसरी भागाभाग चलेपछि घरजग्गा, गाडी र सेयरको मूल्य कसरी बढ्छ ? अनि यीनीहरुको बिक्रीवितरणमा पहिला जस्तो रहनसहन आउँछ ।

किनकि बैंक तथा वित्तिय संस्थाका कर्मचारीहरुले त यी क्षेत्रमा कर्जा मात्र लगानी गर्ने हो । यसको मूल्य बढाउने काम त दलालीको हो । हो, यसरी दलालीहरुको भागाभाग चलेपछि घरजग्गा, गाडी र सेयरको मूल्य घटेपछि बैंक तथा वित्तिय संस्थाका सञ्चालक, अध्यक्षदेखि कर्मचारीसम्मको भागाभाग चल्नेछ ।पछिल्लो समय सर्वसाधारण जनता सहकारीमा सय रुपैयाँ जम्मा गर्दैनन् त बैंकका हजार रुपैयाँ । उल्टै उनीहरु बैंक तथा वित्तिय संस्थामा आफ्नो रकम छ भने निकाल्न लाइन बस्छन् । सर्वसाधारण जनताले अहिले आफुसँग भएको र बैंक तथा वित्तिय संस्थाबाट समेत निकालेर आफ्नो रकम घरमै लुकाएका छैन ।

अहिले सहकारीहरु सबै डुबिसक्यो वा भागिसक्यो र बैंक पनि टाट पल्टिएर बचतकर्ताको रकम फिर्ता गर्न सक्दैँन भन्ने कुरा सबैको कानमा पुगिसक्यो । बैंक तथा वित्तिय संस्थाबाट ऋण लिएका ऋणीहरुले अहिले ब्याज साँवा नै तिर्न छोडिसकेका छन् त उता बैंक तथा वित्तिय संस्थालाई ऋणीले ऋण र ब्याज केही नतिर्दा नयाँ कर्जा लगानी गर्न पैसा छैन ।
त्यस्तै, सहकारीहरु कार्यालयको भाडा तिर्न नसकेर धमाधम भागिरहेका छन् त बैंक पनि कर्मचारीलाई तलब दिन नसकेर आफ्नो शाखा कार्यालय घटाउँदैछ । बैंक डुब्ने अवस्थामा पुगेपछि सेयर होल्डरहरुले सेयर बेच्छुभन्दा पनि किन्ने कोही छैन ।अहिले बैंक तथा वित्तिय संस्थाका अध्यक्ष, सञ्चालक र कर्मचारीहरुले नै आफुहरु डुब्ने अवस्थामा पुगेको कुरा थाहा पाएका छन् । साथै, घरजग्गा, गाडी र सेयरमा जथाभावी कर्जा लगानी गर्दा यो अवस्था निम्तिएको पनि उनीहरुले स्मरण गरेका छन् । एउटा ऊखान छ, आमाबुबालाई बाच्ँनुन्जेल खानालगाउन नदिने तर मरिसकेपछि पाकेको केरा र दुध मुखमा कोचाउने ।’ अब मरेको मान्छे फिर्ता आउँदैन त बैंक तथा वित्तिय संस्थाहरुले घरजग्गा, गाडी र सेयरमा गरेको लगानी डुब्यो ।

तीन वर्षअगाडि ठाउँ हेरेर आनाको २० देखि ९० लाखमा किनेको जग्गा अहिले तीन भागको एक भागमा बेच्छुभन्दा पनि बिक्री हुदैँन । हिजो नाफा खान्छु भनेर यीनीहरुले यसरी जग्गा किनेका हुन् । तर, अहिले नाफाको त कूरै छोडौँ साँवा नै डुबेको छ । यता आनाकै २० लाखमा किनेको जग्गाको सरकारी मूल्य भने पाँच हजार छ ।
तर, त्यँही जग्गा दलालीले २० लाख आनामा बेचिदियो । त्यस्तै, ९० लाख आनामा किनेको जग्गाको सरकारी रेट ५ लाख छ तर जग्गाले ९० लाखमा बेचिदियो । उता यही जग्गा रोक्का राखेर दलालीहरुले बैंक तथा वित्तिय संस्थाका कर्मचारी, अध्यक्ष र सञ्चालकलाई घुस खान दिई २० लाखको १६ लाख रुपैयाँ कर्जा मिलाइदियो त ९० लाखको जग्गामा ७० लाख रुपैयाँ लोन मिलाइदियो ।यसरी बैंक तथा वित्तिय संस्थाका कर्मचारी, अध्यक्ष र सञ्चालकहरुले घुस खाएर कर्जा प्रवाह गरे । १ करोड कर्जा दिँदा १० लाख रुपैयाँ घुस, २ प्रतिशत सेवाशुल्क र १८ देखि ४८ प्रतिशत ब्याजमा दलालीहरुले सर्वसाधारणलाई जग्गा भिडाए । ७० लाख लिएको ऋण तिर्न नसकेर अहिले ८० लाख पुग्यो तर ९० लाखमा किनेको जग्गा पहिलाको आधा मूल्यमा आयो ।

ऋणीहरुले अब हामी ऋण तिर्न सक्दैँनौँ बरु घरजग्गा, गाडी र सेयर नै लिलाम गर्नुस् भनेर भनिसकेका छन् । तर, बजारमा अहिले घरजग्गा किन्ने कोही छैन त बेच्ने यत्तिकै छन् । बैंक तथा वित्तिय संस्थालाई हिजो सर्वसाधारण जनता वा सरकारले यी क्षेत्रमा लगानी गर्नु भनेर त भनेका थिएनन् । घुसको लोभमा नाफा कमाउने लोभमा बैंक तथा वित्तिय संस्थाले भटाभट आँखा चिम्लेर घरजग्गा, गाडी र सेयरमा लगानी गरे ।
पछिल्लो समय मानिसहरु काम गर्न चाहदैँन तर बसिबसि मिठो खान भने पल्किछन् । पहिलापहिलाका मानिसहरु अरुलाई ठग्नु हुन्न बरु भोकै बस्नुपर्छ भन्थे तर अहिलेका मानिसहरु अरुलाई नै ठगेर मोजमस्ती गर्छन् । यसरी घरजग्गा दलाली, सेयर दलाली र बैंक तथा वित्तिय संस्थाका कर्मचारीहरुले अरुलाई फसाएर डुबाएर आफु कमाउन सिके ।
अहिले यीनीहरुकै कारण मुलुकको खेतीयोग्य जमिन पनि बाटो र घर बनाएर सिद्धियो । यता महंगी हवात्तै बढ्यो त खाद्य संकट निम्तियो । उता जो मानिसले बैंक तथा वित्तिय संस्थाबाट ऋण लिएर घरजग्गा, गाडी र सेयर किनेका छन् ।
उनीहरु पनि अहिले चुलुम्मै भएका छन् । ऋणीले तिर्न नतिरेपछि र घरजग्गा, गाडी र सेयरको मूल्य घटेपछि अब बैंक त डुब्ने नै भयो । तर, त्यहाँ बचत नै बचतकर्ताको रुवाबाँसी हुने भयो । सरकारले पहिले खेतीयोग्य जमिनलाई खण्डीकरण गर्न दिनुहुदैँन थियो । साथै, बैंक तथा वित्तिय संस्थालाई पनि घरजग्गा, गाडी र सेयरमा लगानी गर्न दिनुहुदैँन थियो ।
अहिले बैंक तथा वित्तिय संस्थामा सर्वसाधारणले ब्याज खान राखेको रकम बैंक तथा वित्तिय संस्था अध्यक्ष, सञ्चालक र कर्मचारीहरुले घुस खाएर घरजग्गा, गाडी र सेयरमा लगानी गरे । तर, यो रकम त्यहाँ पुगेर फ्रिस हुँदा आज बैंक तथा वित्तिय संस्थाको भागाभाग हुने भएको छ त बचतकर्ताको रुवाँबास ।अहिले बजारमा पैसाको हाहाकार छ । बैंक तथा वित्तिय संस्था डुब्ने कुरा थाहा पाएपछि बचतकर्ताहरुले सबै पैसा निकालेर आफ्नो घरमा लुकाएका छन् । एक वर्ष अघिसम्म एकदेखि डेढ लाखको व्यापार गर्ने व्यापारीहरु अहिले कुनै दिन चार÷पाँच हजारको व्यापार हुने त कुनै दिन हुदैँनहुने समेत बताउँछन् ।बजारमा पाँच र हजारको नोट हाहाकार हुँदा समेत अर्थमन्त्री प्रकाशशरण महतले कुनै कदम चालेका छैनन् । अहिलेसम्म उनले ज्येष्ठनागरिकको भत्ता, सरकारी कर्मचारीको तलबभत्ता र पेन्सिन कटौती गर्ने भनेर निर्णय गर्न सकेका

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर