नेपालमा भुषको आगो झै सल्कियो कोरोना संक्रमण,भेरी अस्पतालमा ५ महिने गर्भवतीको कोरोनाबाट मृ त्यु भएपछि शोकमा डुब्यो परिवार,स्थिति भयाभह बन्दै — OSNepal

नेपालमा भुषको आगो झै सल्कियो कोरोना संक्रमण,भेरी अस्पतालमा ५ महिने गर्भवतीको कोरोनाबाट मृ त्यु भएपछि शोकमा डुब्यो परिवार,स्थिति भयाभह बन्दै

LC (KTM) May 15, 2021 0

बाँके -बाँके अस्पतालमा भर्ना भएका थप पाँच सङ्क्रमितको उपचारको क्रममा मृ त्यु भएको छ । कोरोनाको उपचार हुँदै आएको नेपालगञ्जस्थित भेरी अस्पतालमा तीन र शिक्षण अस्पताल कोहलपुरमा दुईजनाको मृ त्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार, भेरी अस्पताल नेपालगञ्जमा कोरोना सङ्क्रमणका कारण ५ महिने गर्भवतीको मृ त्यु भएको छ । ठाकुरबाबा नगरपालिका वडा नंं १ बर्दिया निवासी ३४ वर्षीया गर्भवतीको आज बिहान मृ त्यु भएको हो ।यसैगरी भेरी अस्पतालमै उपचाररत नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १९ निवासी ३९ वर्षीय पुरुष र बनागाड कुपिन्डे नगरपालिका ४ सल्यान निवासी ६० वर्षीया महिलाको मृ त्यु भएको छ ।

बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा कोहलपुर नगरपालिका वडा नं. ९ निवासी ६१ वर्षीय पुरुष र गुलरिया नगरपालिका वडा नं.१० बर्दिया निवासी ६० वर्षीय पुरुषको मृ त्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति वलीले जानकारी दिनुभयो । योसँगै बाँकेमा कोभिड सङ्क्रमणका कारण उपचारका लागि जिल्ला बाहिरबाट आएका १७५ र जिल्लाकै २२९ जनाले हालसम्म ज्या न गुमाइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर