नेता रावलले सांसद पदबाट राजीनामा दिएर राजनीतिक संस्कार र नैतिकताको प्रदर्शन गरे : कमल थापा — OSNepal

नेता रावलले सांसद पदबाट राजीनामा दिएर राजनीतिक संस्कार र नैतिकताको प्रदर्शन गरे : कमल थापा

LC (KTM) July 18, 2021 0

काठमाडौं ३ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले एमालेका उपाध्यक्ष भीम रावलले सांसदपदबाट राजीनामा दिएकोमा राजनीतिक संस्कार र नैतिकताको प्रदर्शन गरेको भन्दै प्रशंसा गरेका छन् ।

विगतमा राष्ट्रियता र प्रजातन्त्रको सवालमा डा।रावलको अडान प्रशंसनीय रहेकोम बताएका थापाले आज ट्वीटर मार्फत राजनीतिको शुद्धिकरणमा आगामी दिनमा रावललाई शुभकामना समेत दिएका दिएका छन् । नेता रावलले आज सांसद पदबाट राजीनामा दिएका छन् ।

उनले लेखेका छन“विद्यमान विकृत राजनीतिक परिवेशलाई दृष्टिगत गर्दै सांसद पदबाट राजिनामा दिएर @BhimRawal179 ले उच्च राजनीतिक संस्कार र नैतिकताको प्रदर्शन गर्नुभएको छ।विगतमा राष्ट्रियता र प्रजातन्त्रको सवालमा डा।रावलको अडान प्रशंसनीय रहेको छ।राजनीतिको शुद्धिकरणमा आगामी दिनमा उहाँका कदमलाई शुभकामना ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर