इङ्ल्याण्डमा कोरोना नियन्त्रणका लागि लगाइएका प्रतिबन्धहरू खुकुलो पारिने — OSNepal

इङ्ल्याण्डमा कोरोना नियन्त्रणका लागि लगाइएका प्रतिबन्धहरू खुकुलो पारिने

LC (KTM) July 20, 2021 0

लण्डन- इङ्ल्यान्डमा कोभिड–१९ सँग सम्बन्धित प्रायः सबै प्रतिबन्ध हटाउने निर्णय भएको सरकारले जानकारी गराएको छ । कोभिड–१९ नियन्त्रणका लागि लगाइएका प्रतिबन्ध हटाइएपछि यहाँ अब दूरी कायम गर्न यस पहिला लागू गरिएका सबै कानूनी ब्यवस्थाहरू अब हट्नेछन् ।

सामाजीक दूरी कायम गरी महामारी नियन्त्रणका लागि लगाइएका प्रतिबन्ध हटेपछि यहाँका सार्वजनिक स्थानमा हिडडुल गर्दा वा काम गर्दा मास्क लगाउनु अनिवार्य हुनेछैन । लामो समयदेखि पूर्ण सञ्चालनमा नल्याइएका रात्रिक्लबहरूलाई फेरि खोल्न दिइनेछ साथै सामुहिक जमघटका लागि पहिला तोकिएको सङ्ख्यासम्बन्धी प्रावधान अन्त्य हुनेछन् । कोभिड–१९ विरूद्धको खोप अभियानका कारण महामारीलाई केही हदसम्म नियन्त्रणमा ल्याउन सकिएको भएपनि अझै महामारी पूर्ण रोकिएको भने छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर