यो फिल्ममा नायिका सोनम कपुरले मात्र ११ रुपैयाँमा काम गरेको खुलासा — OSNepal

यो फिल्ममा नायिका सोनम कपुरले मात्र ११ रुपैयाँमा काम गरेको खुलासा

LC (KTM) August 09, 2021 0

एजेन्सी- बलिउड नायिका सोनक कपुर पुनं एक पटक चर्चामा आएकी छन् । चर्चामा आउनुको कारण हो उनले फिल्म ुभाग मिल्खा भागु मा लिएको रकम । उक्त फिल्ममा उनले जम्म ११ रुपैयामा काम गरेको खुलासा भएपछि उनी चर्चामा आएकी हुन् । उक्त फिल्म सन् २०१३ मा रिलिज भएको थियो ।फरहान अख्तर मुख्य भूमिकामा रहेको यो फिल्ममा सोनम सानो भूमिकामा मात्रै थिइन् । यसको खुलाखा सोही चलचित्रका निर्देशक राकेश ओमप्रकाश मेहराले गरेका हुन् ।

उनले आफ्नो अटोबायोग्राफी ‘द स्ट्रेन्जर इन द मिरर’ मा सोनमले आफ्नै खुसीले उक्त पारिश्रमिकमा ‘गेस्ट अपिरियन्स’का लागि लिएको उनले खुलासा गरिदिएका छन् । चलचित्रका केही दृश्यहरूगरी जम्मा दुईवटा गीतमा मात्रै सोनम देखिएकी थिइन् । सोनमले बुझेकी थिइन् कि यो कुनै लभ स्टोरी चलचित्र होइन ।

यो एउटा विभाजनबाट बचेको एक पुरुषको भयानक बाल्यकाल र ईश्री कौर ९सोनम० मात्रै ती बालकको अतितसँग जोडिएको एउटा मात्रै सम्झना थियो ।” सोनमले देश विभाजन र मिल्खा सिंहको भावनाबारे प्रस्तुत गर्न गरिएको प्रयासमा दिल खुसी योगदान दिन तयार भएका कारण पनि मात्र ११ रुपैयाँ पारिश्रमिकमा काम गर्न तयार भएको भारतिय मिडियाले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर