ऋतिक र दीपिकाको ‘फाइटर’ का लागी हलिउडबाट फाइट कोरियोग्राफी झिकाइने — OSNepal

ऋतिक र दीपिकाको ‘फाइटर’ का लागी हलिउडबाट फाइट कोरियोग्राफी झिकाइने

LC (KTM) August 15, 2021 0

एजेन्सी-अभिनेता ऋतिक रोशन र अभिनेत्री दीपिका पादुकोण अभिनित फिल्म ‘फाइटरको रिलिज मिती घोषणा गरिएको छ । फाइटर’ २६ जनवरी २०२३ मा रिलिज हुने बताइएको छ । फिल्मलाई सिद्धार्थ आनन्दले निर्देशन गरेका छन् ।

पहिला फिल्मलाई २०२२ मा रिलिज गर्ने तयारीमा निर्माण टिम थियो । तर अब भने २०२३ मा रिलिज भने पक्का भएको हो । निर्माण टिमले छायांकनभन्दा अगावै फिल्मको प्रदर्शन मिति घोषणा गरेको हो ।

सिद्धार्थले ऋतिकसँग तेस्रो पटक र दीपिकासँग दोस्रो पटक सहकार्य गर्न लागेका हुन् । फिल्ममा हवाई एक्सन र फाइटिङ अत्याधिक देखाइनेछ । जसका लागि हलिउडबाट फाइट कोरियोग्राफीलाई झिकाउने तयारीमा निर्माण टिमको रहेको बताइएको छ । फिल्मको लागत २ सय ५० करोड अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर