वर्षापछि आएको बाढी र पहिरोमा परी २० जनाको मृत्यु,१७ जना अझै पनि बेपत्ता, ५४ हजारभन्दा बढी मानिस प्रभावित — OSNepal

वर्षापछि आएको बाढी र पहिरोमा परी २० जनाको मृत्यु,१७ जना अझै पनि बेपत्ता, ५४ हजारभन्दा बढी मानिस प्रभावित

LC (KTM) August 26, 2021 0

मुसलधारे वर्षाका कारण भेनेजुयलामा कम्तीमा २० जनाको मृत्यु भएको छ । देशको पश्चिमी क्षेत्रमा वर्षापछि आएको बाढी र पहिरोमा परी उनीहरुको मृत्यु भएको स्थानीय अधिकारीले बिहीबार जानकारी दिएका छन् ।

उनीहरुका अनुसार बाढी पहिरोका कारण अरु १७ जना अझै पनि बेपत्ता भएका छन् ।
देशका नौ प्रदेशलाई सङ्कटग्रस्त क्षेत्रका रुपमा लिइएको छ ।

बाढी पहिरोका कारण त्यस क्षेत्रका ५४ हजारभन्दा बढी मानिस प्रभावित भएको गृह मन्त्री रेमीगियो सेबालोसले जानकारी दिनुभयो ।

राष्ट्रिय टेलिभिजनबाट संवोधन गदैै उहाँले भारी वर्षा आगामी १० दिन पनि कायमै रहने सम्भावना देखिएको बताउनुभयो ।

उहाँले वर्षाको सम्भावना अझै बाँकी रहेकोले बाढी पहिरो अझै बढ्न सक्ने खतरा रहेको पनि उल्लेख गर्नुभयो ।

थप बाढी पहिरोको खतरा रहेकाले सतर्कता अपनाउन सबै निकायलाई आग्रह गर्दै उहाँले उद्धारकार्यका लागि तयारी अवस्थामा रहन सरकारी अधिकारीलाई निर्देशन दिनुभयो ।

बाढी पहिरोका कारण यातायात सेवा प्रभावित हुनुका साथै विद्युत र सञ्चार सेवासमेत अवरुद्ध भएको छ ।

आम नागरिकको दैनिकी नै नराम्रोसँग प्रभावित भएको र धेरै मानिस त्रसित अवस्थामा रहेको अधिकारीले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर