कलाकार आदीत्य शिल बिबाह बन्धनमा बाँधिदै , गर्लफ्रेण्ड लाई सबै साथीहरुको बीचमा ब्राइडल शावर मनाई रहेका बेला गरे यसरी किस — OSNepal

कलाकार आदीत्य शिल बिबाह बन्धनमा बाँधिदै , गर्लफ्रेण्ड लाई सबै साथीहरुको बीचमा ब्राइडल शावर मनाई रहेका बेला गरे यसरी किस

LC (KTM) October 02, 2021 0

मोडल अनुष्का रन्जन तथा एक्टर आदित्य सील चाँडै नै बिबाह गर्न लागिरहेका छन् । यसैक्रममा उनीहरु दुबै जनाको बिबाहको उत्सव तथा तयारी सुरु भएको छ । हालै अनुष्का रन्जनको ब्राइडल शावरको आयोजना गरीएको थियो । यस ब्राइडल शावरमा अनुष्का रंजनका साथीहरु पनि सहभागि रहेका थिए । साथमा अनुष्काकी बहिनी तथा अभिनेत्री आकांक्षा रन्जन कपुर तथा हुनेवाला पति आदित्य सील पनि शावरको हिस्सा बनेका थिए ।

अुष्काको ब्राइडल शावरको तस्बीर बाहिर आएको छ जसमा आकांक्षा रंजन कपुर, आलिय भट्ट, वाणी कपुर, सुजैन खान, क्रिस्टल डिसुजा लगायत अन्य पनि रहेका छन् । यो सेलिब्रेशन अक्टुर १ मा भएको थियो । यस दिन अनुष्मा रंजनको जन्म दिन पनि थियो । सुजन खानले यो ग्रुपको मस्ती गरिरहेको फोटो आफ्नो इन्ष्टामा शेयर गरेका छन् । उनले फोटो शेयर गर्दै लेखेका छन्– हामीले अक्टोबरमा ब्राइडल शावरको एकदमै राम्रो सुरुवात गरेका छौ गुडिया अनुष्का रंजनको साथमा ।

अनुष्काले पनि फोटोमा खुशी ब्यक्त गरेकी छिन् । यसैक्रममा आदित्य सीलले पनि आफ्नो पत्नीको लागि पोष्ट लेखेका छन् । धेरै फोटोहरु शेयर गर्दै अनुष्का लाई जन्म दिनको बधाई समेत दिएका छन् । साथै उनले अनुष्का लागि ठुलो बच्चा समेत भनेका छन् । आदित्यले ब्राइडल शावरको पनि तस्बीर शेयर गरेका छन् । उनले यो तस्बीरमा अनुष्का रंजनलाई किस गरिरहेको देख्न सकिन्छ । दुबै जनाको अनुहारमा एकदमै खुशी देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर