१४ वर्ष कोरिया बसेर घर फर्केका लक्ष्मणले गाउँमा नै थाले माछा पालन ब्यबसाय, यसरी बन्दैछन् मालामाल — OSNepal

१४ वर्ष कोरिया बसेर घर फर्केका लक्ष्मणले गाउँमा नै थाले माछा पालन ब्यबसाय, यसरी बन्दैछन् मालामाल

LC (KTM) October 14, 2021 0

बागलुङ, ३० असोज – बागलुङको काठेखोला गाउँपालिका–८ लेखानीका लक्ष्मण पुनले जीवनको १४ वर्ष विदेशी भूमि दक्षिण कोरियामा बिताए । कामदारको रूपमा कोरिया पुगेका पुनले कडा मेहनत र परिश्रम के हो भन्ने शिक्षा कोरिया बसाइले सिकायो । मेसिनको गतिमा हुने काम, काम प्रतिको लगाव, मेहनत र श्रम प्रतिको सम्मानबारे गतिलो भोगाई र सिकाई भयो ।

१४ वर्ष कोरियामा श्रम गरेर फर्किएका पुनले नेपाल फर्केर माछा पाल्न थालेका छन् । बागलुङ नगरपालिका–४ निरयघाटमा १४ रोपनी जग्गा भाडामा लिएर माछा तथा कृषी फर्म सञ्चालन गरेका हुन । ६० वर्षीय पुनको दिनचार्य कृषिफर्ममा बित्ने गरेको छ ।

करिब ४५ लाख रुपैयाँ लगानी गरेर फर्म सञ्चालन गरेको पुनले जानकारी दिए । फर्म सञ्चालनको सुरुवात समुहगत रूपमा भए पनि अहिले एक्लै थाम्नु भएको । विगत चार बर्षदेखि फर्म सञ्चालनमा छ ।

तीनवटा माछा पोखरीमा ग्रास, काव कमन, सिल्भर काव गरी पाँच किसिमका माछा पालेका छन् । निषेधाज्ञाको समयमा ५० हजार भुरा माछा पोखरीमा हालेको पुनले बताए । ‘माछा उत्पादन राम्रो थियो’, उनले भने, ‘बजार उकालो लाग्ने बेला कोरोनाले असर गर्‍याे ।’

परिवारका अन्य सदस्यलाई आफ्नै देशमा उद्यमी बन्न प्रेरणा दिने लक्ष्यका साथ कृषी कर्मका लागेको पुनले बताए । मासिक ५० हजारको माछा बिक्री हुन्छ ।

‘विदेशको दुःख जे भोग्नु मैले भोगे’, उनले भने, ‘अब कामको लागी कुनै पनि सदस्य विदेश जानु नपरोस् भन्ने उद्देश्य छ ।’ पुनले स्थानीय जातको कुखुरा, बट्टाई चरा, हाँससमेत व्यावसायिक रूपमा पालेका छन् । कालीगण्डकी किनारमा रहेको कृषि फर्ममा आफ्नो उत्पादनको बजारीकरण गर्न रिसोर्ट सञ्चालनको तयारी गरेको उनले बताए । माछा पारखीहरू फर्ममै किन्न जाने गर्छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर