कामको सिलसिलामा गोवा पुगिन् शिल्पा शेट्टी , शेयर गरिन् यस्ता फोटोहरु, उनी बस्ने होटल एक रातकै यति महंगो — OSNepal

कामको सिलसिलामा गोवा पुगिन् शिल्पा शेट्टी , शेयर गरिन् यस्ता फोटोहरु, उनी बस्ने होटल एक रातकै यति महंगो

LC (KTM) October 21, 2021 0

पति राज कुन्द्रा जेल बाट बाहिर आए संगै अचेल भोली खुशी देखिने गरेकी छिन् नायिका शिल्पा शेट्टी । यतिबेला शिल्पा गोवामा रहेकी छिन् । उनी गोवा कामको सिलसिलामा पुगेको बताइएको छ । यसैक्रममा शिल्पा एक महंगो लग्जरियस होटलमा बसेकी छिन् । जहाँको फोटोहरु नायिका शिल्पाले शेयर गरिरहेकी छिन् । यसको अलवा होटललाई पनि उनले पोस्ट ट्याग गरेकी छिन् ।

मंगलबार शिल्पाले इन्ष्टाग्राममा एक भिडियो पोस्ट गरेकी छिन् जहाँ सुर्य अस्ताउँदै गरेको देख्न सकिन्छ । शिल्पा जुन होटलमा बसेकी छिन् त्यो होटल समुन्द्र किनारमा रहेको छ । फ्यान्सहरुलाई अपडेट दिदै शिल्पाले पोष्टमा चाँडै नै फ्यानहरुका लागि नयाँ खास कुरा लिएर आउने बताएकी छिन् । त्यस्तै उनले होटलको अण्डर डायनिंग एरियामा उभिएर फोटो खिचेकी छिन् ।

जुन फोटोमा उनले प्रिन्टेड वन अफ शोल्डर ड्रेस लगाएकी छिन् । उनले कपाल खुल्ला छोडेकी छिन् भने न्युड मेकअप गरेकी छिन् । उनलाई यो ड्रेसअव संग उनको अग्लो सेतो हिलले एकदमै राम्री देखाएको छ । उनी बसेको यो होटलमा प्रत्येक रुममा एउटा स्विमिंग पुल समेत रहेको छ । उनले यो होटलमा एक रातको १८ हजार रुपैया भारु तिर्छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर