हिमालको काखमुनि जन्म दिन मनाउँन पाउँदा बलिउड अभिनेत्री परिणिति चोपडा — OSNepal

हिमालको काखमुनि जन्म दिन मनाउँन पाउँदा बलिउड अभिनेत्री परिणिति चोपडा

LC (KTM) October 23, 2021 0

केही दिन यता बलिउडको एउटा टोली पदयात्रामा आधारीत चलचित्र उचाईको छायाँकनका लागि नेपालका बिभिन्न भागमा घुमिरहेको छ । उक्त बलिउडको टोलीमा नाम चलेका कलाकार अनुपम खेर, परिणिति चोपडा लगायत रहेका छन् । केही दिन अघि खुम्बु पुगेर यो टोलीले छायाँकन गरेको छ । त्यसपछि छायाँकनकै लागि भनेर चलचित्र उचाइको टोली यतिबेला मनाङ तिर हानिएको छ ।

मनाङ पुगेर यो टोलीले छायाँकन त गरिरहेको छ त्यसका साथै यस चलचित्रकी मुख्य अभिनेत्री परिणिति चोपडाको जन्म दिन समेत धुमधामका साथ मनाङको उचाईमा हिमालको काख मुनी मनाएको छ । यस चलचित्रकी मुख्य अभिनेत्री परिणितिले पनि आफुले हिमालको काखमुनि आफ्नो जन्म दिन मनाउन पाउँदा एकदमै खुशी लागेको भारतीय संचारमाध्यमहरु संग प्रतिक्रिया दिएकी छिन् । उनले भनेकी छिन्– मेरो हृदय एकदमै खुशीले भरिएको छ ।

म सुरज बर्जत्यको फिल्मको शुटिंगका लागि हिउँले ढप्पक ढाकिएका हिमालहरुको बिचमा रहेको छु । यसै फिल्मका अर्का मुख्य कलाकार अनुपम खेरले पनि अभिनेत्री परिणिति लाई जन्म दिनको शुभकामना दिएका छन् । उनले इन्ष्टाग्राममा एउटा भिडियो शेयर गर्दै उनलाई जन्म दिनको शुभकामना दिएका हुन् । उचाई फिल्मको छायाँकनको लागि मनाङ पुगेको यो टोलीलाई त्यहाँका स्थानीयले साँस्कृति पहिचान बोकेको नृत्यका साथ स्वागत गरेका थिए । सोही भिडियो अनुपमले आफ्नो इन्ष्टामा शेयर गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर