आयुर्वेद स्वास्थ्य केन्द्रको भवन नुहँदा समस्या — OSNepal

आयुर्वेद स्वास्थ्य केन्द्रको भवन नुहँदा समस्या

LC (KTM) March 28, 2022 0

सिमकोट, १४ चैत – हुम्ला जिल्लामा झण्डै २८ वर्षअघि स्थापना भएको आयुर्वेद स्वास्थ्य केन्द्रका लागि भवन नहुँदा समस्या भएको छ । अहिलेसम्म यो केन्द्र भाडाको घरमा सञ्चालन हुँदै आएको छ । विसं २०५० असार २५देखि उक्त केन्द्र भाडामा बस्दै आएको हो ।

आफ्नो भवन नहुँदा आयुर्वेद तथा योग शिविर सञ्चालन तथा बिरामीको चाप बढेका बेला उपचारमा समस्या आउने गरेको केन्द्रका प्रमुख कृष्णचन्द्र जोसीले बताउनुभयो । आवश्यक स्वास्थ्य उपकरण र आयुर्वेद पद्धतिका विषेशज्ञ चिकित्सक भए पनि पर्याप्त ठाउँ नहुँदा बिरामीलाई उपचार गर्न समस्या हुने गरेको उहाँको भनाइ थियो ।

सरकारी बजेट तलब, औषधि तथा घरभाडाका लागि मात्र पुग्ने र अन्य सहयोग गर्ने संस्था नभएकाले आवश्यकताअनुसार केन्द्रलाई विस्तार गर्न नसकिएको उहाँको भनाइ थियो ।
पञ्चकर्म, क्षारसुत्र, शल्यक्रिया, होमियोप्याथी र प्राकृतिक चिकित्सालगायतबाट पनि सो केन्द्रले उपचार सेवा प्रदान गर्दै आएको छ ।

भवनका लागि जग्गा खरिद गर्न जिल्लाका प्रदेश सांसददेखि गाउँपालिकाका जनप्रतिनिधिसम्म आग्रह गर्दा पनि सुनुवाइ नभएको केन्द प्रमुख जोसीले बताउनुभयो ।रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर