चर्चित नायिका करिश्माका पूर्व पतिले के सम्म गरेनन् ? करिश्माले रुँदै खोलीन् सारा कर्तुत — OSNepal

चर्चित नायिका करिश्माका पूर्व पतिले के सम्म गरेनन् ? करिश्माले रुँदै खोलीन् सारा कर्तुत

LC (KTM) March 30, 2022 0

बलिउडमा ९० को दशकमा अभिनेत्री करिश्मा कपुरले आफ्नो राज चलाएकी थिईन् । करिश्मा कपूर बलिउडको कपूर परिवारकी पहिलो छोरी थिइन् जसले फिल्ममा काम गर्ने निर्णय गरेकी थिइन् । करिश्मा कपूर फिल्ममा यसरी आइन् कि उनले साँच्चिकै करिश्मा देखाईन् अर्थात तहल्का मच्चाईन् । उनले एकपछि अर्को धेरै सफल फिल्म दिईन् ।

नायक गोविन्दासँगको उनको जोडीलाई पनि दर्शकले एकदमै रुचाएका थिए । तर, उनी करियर शिखरमा रहेका बेला विवाह गरिन् । उनले अचानक सन् २००३ मा व्यापारी सञ्जय कपुरसँग विवाह गरेर सबैलाई चकित पारिन् ।

करिश्माले विवाहपछि फिल्मलाई पनि बिदा गरिन् । तर उनको यो बलिदानले पनि खासै काम गर्न सकेन र यो विवाह १३ वर्ष मात्र टिक्यो, २०१६ मा दुवैले आधिकारिक रुपमा अलग हुने निर्णय गरे ।

यो सम्बन्ध निकै नराम्रो अवस्थामा टुटेको थियो । परिस्थिति कति नाजुक बनेको थियो, करिश्माले छुट्टिएपछि दिएको यो अन्तरवार्ताबाट प्रष्ट हुन्छ । उनले भनिन्– सञ्जयले म सफल अभिनेत्री भएकाले मात्रै बिहे गरेको हो । उसले मेरो सफलताको आडमा मिडिया फुटेज मात्र चाहेको थियो। बिहेपछि जब म सञ्जयसँग हनिमुनमा गएकी थिए उसले उसका साथीहरुलाई मेरो मूल्य तोकेर लिएको रहेछ ।

उनीहरूसँग मैले रातभर शारीरिक सम्बन्ध राख्नु पर्ने सर्त थियो । मैले विरोध गर्दा उसले मलाई गाली पनि गर्यो । त्यस्तै करिश्माले भनिन् – सञ्जयले गर्भावस्थामा मलाई एउटा लुगा उपहार दिएका थिए ।

म यसमा फिट हुन सकिन मात्र के भनेको थिए आमालाई उचालेर मलाई थप्पड हान्न लगाएको थियो । करिश्मा थप रुदै भन्छिन् उनको ४ महिनाको छोरा बिरामी थियो, जसका कारण उनी श्रीमान्सँग बेलायत भ्रमणमा जान सकेकी थिईनन् ।

यसले सञ्जयलाई निकै रिस उठ्यो र एक्लै छोड्यो। पछि करिश्मा युके पुगेपछि सञ्जय रातारात कोठामा आएनन् । छोराको हालतमा उनलाई कुनै वास्ता थिएन । उसको लागि त्यो समयमा पनि गल्फ खेल्नु महत्त्वपूर्ण थियो।

हनिमुनका क्रममा सञ्जयले करिश्माको अगाडि भाइसँग करिश्माले कति पैसा ल्याउन सक्छिन् भन्ने कुरा गर्दै थिए । यसबाट करिश्मा छक्क परेकी थिईन् । त्यतिमात्र हैन आफु संग बसिरहेको बेला पनि सञ्जयले पुर्व पत्नी संग शारीरिक सम्बन्ध राख्ने गरेको समेत करिश्माले बताएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर