मंगलबार रातिदेखि रसुवागढी नाका बन्द हुने — OSNepal

मंगलबार रातिदेखि रसुवागढी नाका बन्द हुने

LC (KTM) May 09, 2022 0

रसुवा, २६ वैशाख-चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी मंगलबार रातिदेखि बन्द हुने भएको छ । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै चीनसँगको अन्तर्राष्ट्रिय नाका बन्द हुने भएको हो ।

रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले सोमबार सूचना जारी गर्दै मंगलबार राति १२ बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्मका लागि रसुवागढी नाका बन्द हुने जानकारी दिए ।

स्थानीय तहको निर्वाचनको व्यवस्थापकीय कार्यलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न मतदानको ४८ घण्टा अगाडि नाका बन्द गरिन लागिएको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर