देउवाले मत माग्दै भने, अरु कुरा गर्छन्, हामी काम गर्छौं ,मतदातालाई खोक्रो नारा लगाएर भ्रममा पार्दैनौं : प्रधानमन्त्री देउवा — OSNepal

देउवाले मत माग्दै भने, अरु कुरा गर्छन्, हामी काम गर्छौं ,मतदातालाई खोक्रो नारा लगाएर भ्रममा पार्दैनौं : प्रधानमन्त्री देउवा

LC (KTM) May 10, 2022 0

काठमाडौं २७ वैशाख । प्रधानमन्त्री एंव नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मौन अवधी शुरु हुनु अगाडी नै एक अपिल पत्र जारी गरेका छन् ।

गृह जिल्ला डडेल्धुरा पुगेका देउवाले आम मतदातासँग कांग्रेसका लागि मत माग्दै कांग्रेसले जे भन्छ त्यो पूरा गर्ने र मतदातालाई खोक्रो नारा र सस्तो लोकप्रियताको भ्रममा नपार्ने जारी अपिलमा उल्लेख गरेका छन् ।

देउवाले जारी गरेको अपिलमा भनिएको छ,’लोकतान्त्रिक संस्कार र संस्कृतिमा आधारित समतामूलक समाज निर्माणका लागि उपयुक्त पात्रलाई राजनीतिको बागडोर जिम्मा लगाउने अधिकार मतदाताको हातमा आएको छ अरु कुरा गर्छन्, हामी काम गर्छौं ।’

सबल स्थानीय सरकार समुन्नत गाउँ, समुन्नत नगर’ कांग्रेसको मूलमन्त्र हुने जानकारी दिएका देउवाले कांग्रेसले संविधानको रक्षा गरेको र संविधान बचाउन पनि अहिले गठबन्धन गरेर कांग्रेस चुनावमा गएको स्पष्ट पारेका छन् ।

संविधानको कार्यान्वयनमा फेरि एकपटक ईटा थप्ने अवसर कांग्रेसलाई प्राप्त भएको बताएका देउवाले अरुले कुरा गर्छन् ,आफुहरु काम गरेर देखाउने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर