लिभरपुलको पोस्टमा युनाइटेडको चार गोल — OSNepal

लिभरपुलको पोस्टमा युनाइटेडको चार गोल

LC (KTM) July 13, 2022 0

काठमाडौं, २९ असार
प्रि-सिजन टुर अन्तर्गत थाइल्यान्डमा भएको मैत्रीपूर्ण खेलमा म्यानचेस्टर युनाईटेडले लिभरपुल ४-० अन्तरले हराएको छ ।

बैंककमा मंगलबार राति युनाइटेडलाई जित दिलाउन जाडोन सान्चो, फ्रेड, एन्थोनी मार्सियल र फाकुन्डो पेलिस्ट्रीले एक-एक गोल गरे ।

टुरमा निकै लयमा देखिएको युनाइटेडले पहिलो हाफमा तीन गोल गरेको थियो । थाइल्यान्ड भ्रमणपछी युनाइटेड अष्ट्रेलिया भ्रमणमा निस्कने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर