नेकपा एकीकृत समाजवादीको काठमाडौं क्षेत्र नम्बर २ र ७ सँगै ८ मा दावी, को -को छन् आकांक्षी ? — OSNepal

नेकपा एकीकृत समाजवादीको काठमाडौं क्षेत्र नम्बर २ र ७ सँगै ८ मा दावी, को -को छन् आकांक्षी ?

LC (KTM) August 11, 2022 0

काठमाडौं २६ साउन । आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि सत्तारुढ गठबन्धन दलको नेकपा एकीकृत समाजवादीले काठमाडौंका तीन वटा निर्वाचन क्षेत्रमा दाबी गर्ने भएको छ ।

हाल काठमाडौंमा भएको १० निर्वाचन क्षेत्र मध्ये काठमाडौं–२ मा नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल रहेका छन् । काठमाडौं–८ मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ रहेका छन् । साथै , काठमाडौं क्षेत्र नम्बर ७ मा नेकपा एसले दावी गर्ने भएको छ ।

काठमाडौं क्षेत्र २ का सांसद समेत रहेका अध्यक्ष नेपाल कहाँबाट चुनाव लड्छन् भन्ने निणर्य भने भएको छैन । काठमाडौं जिल्ला इन्चार्ज वसन्त मानान्धरले दिएको जानकारी अनुसार काठमाडौं क्षेत्र नम्बर २ र ७ सँगै ८ मा पार्टीले दावी गर्ने भएको छ ।

तर पनि नेपाल गहृजिल्ला रौतहटबाट पनि चुनाव लड्ने सक्नेछन् । स्थानीय तहको निर्वाचनको परिणामले माधव नेपालका लागि काठमाडौं भन्दा उनको गृह जिल्ला रौतहट सहज हुने देखिएको छ ।

यता काठमाडौं क्षेत्र नं ७ बाट नेकपा एसका बसन्त मानान्धर आकांक्षी देखिएका छन् । काठमाडौं–८ बाट भने जीवनराम श्रेष्ठ आकांइक्षी देखिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर