वाग्ले र विसीको तीज गीत ‘झम्म झम्म साईली’ — OSNepal

वाग्ले र विसीको तीज गीत ‘झम्म झम्म साईली’

LC (KTM) August 21, 2022 0

काठमाडौं ५ भाद्र । हिन्दु नारीहरुको महान चाड हरितालिका तीज नजिकिदै गर्दा तीज गीतको भिडियो एकपछि अर्को सार्वजनिक हुने क्रम जारी छ । यसै सिलसिलामा लोकदोहोरी गायक कमल विसी माल्दाई र गायिका प्रतिक्षा वाग्लेको आवाजमा सजिएको तीज गीत ‘झम्म झम्म साईली’ सार्वजनिक भएको छ ।

नेत्र अर्यालको शब्द सृजना र गायक विसीकै लय सृर्जना रहेको गीतलाई भोलुम अनको अफिसियल युट्युब च्यानल मार्फत सार्वजानिक गरिएको हो । गायिका प्रतिक्षा वाग्लेको प्रस्तुतिमा बजारमा आएको गीतको भिडियोमा क्रान्ति केसीको निर्देशन रहेको छ भने अजय रेग्मीको छाँयाकन रहेको छ ।

गीतमा दुई प्रेमी जोडीहरु एक अर्कालाई बयान गर्दै तीजमा सँग सँगै नाच्ने गाउने गरेको दृश्य देखाईएको छ । गीतको भिडियोमा समुन्द्र वाग्ले, लोसिना लामिछाने, प्रेम रसाईली, जसोदा कार्कीको अभिनय रहेको छ ।

गायक विसी र गायिका वाग्लेले गरेका यस अघिका तीज गीतहरु पनि सफल भएका थिए । युवा व्यवसायी राजेन्द्र कुँवरको विशेष सहयोग तयार भएको गीतको संगीत संयोजन महेन्द्र भण्डारीले गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर