काभ्रेपलाञ्चोकमा जेसिबी अनियन्त्रित भएर पल्टिदा २५ वर्षीय जिबराजको मृत्यु, — OSNepal

काभ्रेपलाञ्चोकमा जेसिबी अनियन्त्रित भएर पल्टिदा २५ वर्षीय जिबराजको मृत्यु,

LC (KTM) October 17, 2022 0

काभ्रेपलाञ्चोक, ३१ असोज :काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–६ कुखुरेपाखामा आज जेसिबी अनियन्त्रित भएर पल्टिदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जेसिबि चालक रामेछापको दोरम्बा गाउँपालिका–२ का २५ वर्षीय जिबराज तामाङ रहेका छन् । कुखुरेपाखाबाट कटुन्जे तर्फ जादै गरेको बा २ ख ८६ ०२ नम्बरको जेसिबि अनियन्त्रित भएर आज बिहान १० बजे सडकबाट ९५ फिट तल खोलामा खसेको प्रहरी चौकी कटुन्जेले जानकारी दिएको छ ।

यो पनि :विमानस्थलमा अधिकारीमाथि हमला गरेको आरोपमा साउथ अभिनेता पवन कल्याणविरुद्ध नोटिस जारी:विशाखापट्टनम प्रहरीले साउथ अभिनेता तथा जनसेना नेता पवन कल्याणविरुद्ध आइतबार नोटिस जारी गरेको छ । प्रहरीले पवनले स्थानीय विमानस्थलमा मन्त्री, नागरिक र प्रहरी अधिकारीमाथि हमला गरेको आरोप लगाएको छ ।

प्रहरीका अनुसार यो हमलामा केही व्यक्ति घाइते पनि भएका थिए । यद्यपि प्रहरी कति संख्यामा घाइते भए भन्ने कुरा प्रहरीले खुलाएको छैन । पवनले कुन जनप्रतिनिधि र प्रहरी अधिकारीमाथि आक्रमण गरे भन्ने कुराको पनि जानकारी दिएको छैन ।यो मामिलामा मुख्यमन्त्री जगन मोहन रेड्डीको निर्देशनमा प्रहरीले पवनलाई उनको होटल बाहिर निस्कन र जनवाणी कार्यक्रम गर्न रोक लगाएको छ । पवनले यो कार्यक्रम नागरिकको गुनासो सुन्नलाई आयोजना गरेका थिए । प्रहरीले जनसेनाका नेता तथा कार्यकर्तालाई पनि पक्राउ गरेको छ ।पवनले भने एक ट्विट गर्दै आफ्नो धारणा सार्वजनिक गरेका छन् । उनले आफ्ना नेता तथा कार्यकर्ता पक्राउ गर्नु अनुचित रहेको भन्दै तुरुन्त रिहाइको माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर