नागरिक उन्मुक्तिको अध्यक्षमा रेशमलाल चौधरी चयन — OSNepal

नागरिक उन्मुक्तिको अध्यक्षमा रेशमलाल चौधरी चयन

LC (KTM) January 12, 2024 0

टीकापुर (कैलाली), २७ पुस :नागरिक उन्मुक्ति पार्टीको पहिलो महाधिवेशनले पार्टीको अध्यक्षमा रेशमलाल चौधरीलाई सर्वसम्मत चयन गरेको छ । यसअघि पार्टीको संरक्षक रहेका चौधरीलाई टीकापुरमा भएको पहिलो महाधिवेशनले सर्वसम्मत चयन गरेको हो ।

पार्टी अध्यक्षमा यसअघि उहाँकी धर्मपत्नी तथा भूमि व्यवस्था तथा सहकारीमन्त्री रञ्जिता श्रेष्ठ रहनुभएको थियो । महाधिवेशनले पार्टीको वरिष्ठ उपाध्यक्षमा दामोदर पण्डितलाई चयन गरेको छ । पुस २६ गतेदेखि टीकापुरमा जारी महाधिवेशनमा देशभरबाट आठ हजार प्रतिनिधि टीकापुर आएका छन् ।

पार्टीका अन्य पदाधिकारी पनि सर्वसम्मत चयन गर्न लागि छलफल भइरहेको जनाइएको छ । नागरिक उन्मुक्तिको केन्द्रीय समिति पाँच सय एक सदस्यीय हुनेमा महाधिवेशनबाट ३३ पदाधिकारीसहित दुई सय ५४ जना चयन गरिनेछ । पार्टीका सबै पदाधिकारी तथा सदस्य निर्विरोध चयनका लागि छलफल जारी रहेको र महाधिवेशन शनिबारसम्म चल्ने केन्द्रीय सदस्य लालवीर चौधरीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर