बल्ल मिल्यो आर्यन खान लाई जमानत , २५ दिन पछि घर आउँदै आर्यन , आजको रात भने जेलमै — OSNepal

बल्ल मिल्यो आर्यन खान लाई जमानत , २५ दिन पछि घर आउँदै आर्यन , आजको रात भने जेलमै

LC (KTM) October 28, 2021 0

बलिउड सुपरस्टार शाहरुख खानका छोरा आर्यन खानलाई ठुलै राहत मिलेको छ । आर्यनको जमानत याचिकाका बिषयमा लगातार ३ दिन सुनवाई गरेपछि मुम्बई हाईकोर्टले आज उनलाई बेल दिने फैसला गरेको हो । आर्यन खान संगै अरबाज मर्चेन्ट , मुनमुन धमेचा लाई पनि जमानत मिलेको छ । आज राती आर्यन खान जेलमै रहनेछन् ।

कोर्टको आदेशको कपि आएपछि मात्रै आर्यन, अरबाज र मुनमुन जेल बाट बाहिर निस्कन पाउने छन् । त्यसैले भोली या पर्सि भित्रमा दुबै जना जेल बाट रिहा हुनेछन् । आर्यन खानका वकीलले ३ पटकको प्रयास पछि स्टारकिड आर्यनलाई जमानतमा रिहा गर्न सफल भएका हुन् । यो भन्दा पहिला सेशंस कोर्टले २ पटक सम्म आर्यन खानको जमानतको याचिका खारेज गरिदिएको थियो । आर्यन २५ दिन पछि आफ्नो घर फर्कने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर