३१ बर्षिया महिला २० बर्षिय युवकद्धारा बलात्कृत — OSNepal

३१ बर्षिया महिला २० बर्षिय युवकद्धारा बलात्कृत

LC (KTM) November 20, 2021 0

भक्तपुरमा महिला बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । २० बर्षिय युवकले ३१ वर्षीया महिला बलात्कार गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा चाँगुनारायण नगरपालिका–५ छालिङ बस्ने २० वर्षीय नितेश दथेपुथे रहेका छन् ।

पक्राउ गरेर उनी माथि सोधपुछ तथा अनुषन्धान भईरहेको जनाईएको छ । बलात्कार गर्ने नितेशलाई हिजो राति नै पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ । घटनाका बिषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर