गणेशमान सिंह जस्तो त्यागी पुरुष पनि थिए भन्ने कुरा नयाँ पुस्ता सम्म पुर्याउनु जरुरी छ : प्रकाशमान • OSNepal

गणेशमान सिंह जस्तो त्यागी पुरुष पनि थिए भन्ने कुरा नयाँ पुस्ता सम्म पुर्याउनु जरुरी छ : प्रकाशमान

Kabita Ghimire (KTM) October 26, 2021 0

काठमाडौं ९ कात्तिक । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान समयमा पदको लागि लुछाचुँडी गर्ने प्रवृत्ति बढिरहेको बेला गणेशमान सिंह जस्तो त्यागी पुरुष पनि थिए भन्ने कुरा नयाँ पुस्ता सम्म पुर्याउनु जरुरी रहेको बताएका छन् ।

मंगलबार गणेशमान सिंह फाउण्डेसको वीर गणेशमान सिंह स्पोर्टस् कमिटीले आयोजना गरेको ‘नेशनल टेनिस टुर्नामेण्ट–२०२१’ को उद्घाटन गर्दै नेता सिंहले यस्तो बताएका हुन् ।

राजाले बनाएको प्रधानमन्त्री भन्दा जनताले चुनेको नेताले मुलुकको नेतृत्व गर्छ भन्ने सन्देश दिन गणेशमानले प्रधानमन्त्री पद अस्वीकार गरेको बताएका छन् ।

सिंहले समाज, राष्ट्र र प्रजातन्त्रको जगेर्नामा आदर्शको रुपमा स्थापित गरेको भएपनि अहिलेको पदको लागि लुछाचुँडी गर्ने प्रवृत्ति हावी भएको बताएका छन् । कार्यक्रममा उनले गणेशमान सिंह जस्तो त्यागी पुरुष पनि थिए भन्ने कुरा नयाँ पुस्ता सम्म पुर्याउनु जरुरी रहेको पनि स्पष्ट पारेका छन् ।

नागरिक सर्वोच्चताका लागि व्यक्तिगत स्वार्थलाई गौण राखेका सिंहबाट नेपाली राजनीतिले त्यागको भावना नसिकाले अहिल राजनीतिप्रति निराशा छाएको उनले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर