भीम रावलको राजीनामा स्वीकृत, कार्यदलका सदस्यले नसके स्याथी कमिटीले ‘टेकओभर’ गर्ने — OSNepal

भीम रावलको राजीनामा स्वीकृत, कार्यदलका सदस्यले नसके स्याथी कमिटीले ‘टेकओभर’ गर्ने

LC (KTM) October 28, 2021 0

काठमाडौं – नेकपा एमाले १० बुँदे सहमति कार्यदलका संयोजक डा भीम रावलको राजीनामा स्वीकृत भएको छ ।१० बुँदे कार्यान्वयनमा अध्यक्ष केपी शर्मा ओलीले उदासिनता देखाएको भन्दै असन्तुष्टि जनाउँदै अघिल्लो स्थायी कमिटी बैठकमा रावलले राजीनामा घोषणा गरेका थिए । अध्यक्ष ओलीलाई लिखित राजीनामा पनि दिएका थिए । उक्त राजीनामा आजको स्थायी कमिटीले स्वीकृत गरेको हो ।

प्रवक्ता प्रदीप ज्ञवालीले भने, ‘भीम रावलले राजीनामा बुझाउनुभएको छ । अब कार्यदलका अरु सदस्यले काम अगाडि बढाउँछन् ।’

ज्ञवालीले कार्यदलका अन्य सदस्यबाट समस्या समाधान हुन नसकेमा स्थायी कमिटीले टेकओभर गर्ने पनि बताए । ‘आवश्यक पर्‍यो भने स्थायी कमिटीले आवश्यक निर्णय गर्छ । कामलाई अगाडि बढाउँछ,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर