देशमा लोकतन्त्र जोगाउनको लागी पनि काँग्रेसमा विधि पद्धती जोगाउन आवश्यक छ: प्रकाशमान — OSNepal

देशमा लोकतन्त्र जोगाउनको लागी पनि काँग्रेसमा विधि पद्धती जोगाउन आवश्यक छ: प्रकाशमान

LC (KTM) October 31, 2021 0

काठमाडौं १४ कात्तिक ।नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले देशमा लोकतन्त्र जोगाउनको लागी पनि काँग्रेसमा विधि पद्धती जोगाउन आवश्यक भएको बताएका छन् ।

आइतबार नेपाली काँग्रेस किर्तिपुर नगर समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले पार्टी भित्रका भजन मन्डलीले नेत्त्रित्वलाई अलमलमा पारिरहेको बातउँदै यस्तो अभिव्यक्ति दिएका हुन् ।

‘पार्टी भित्रको समस्यामा कुरा हामीले नउठाए कस्ले उठाउँछ रु पार्टीको समस्या हामी आफै समधान गर्ने हो’,बाटो विराउनेलाई बाटो देखाउनु पर्दछ । आलोचना गर्दा पार्टीको विधी र पद्धतीको रक्षा हुन्छ ’ कार्यक्रममा नेता सिंहले भने ।

पार्टी अहिले अवस्थामा कायम रहे भोली गएर राष्ट्रिसभाको चुनावमा भाग लिनबाट पार्टी बञ्चित हुनुपर्ने जोखिम आएको बताएका छन् । तपाई हामीले नै हो हाम्रो संस्कृति सम्पदा बचाउने हो ।

‘विकास निमार्णका काममा हाम्रा संस्कृतिहरु मास्न हुँदैन । हाम्रो संस्कृतिलाई जोगाउन सबै लाग्नुपर्दछ’ नेता सिंहले अघि भने । पार्टीभित्रको बेथीती र विकृत अन्त्यका लागी नयाँ पूस्ता आउनु पर्ने बताएका सिंहले पार्टीले नै विधीको शाशन मान्न छोेड्यो भने जनताले विश्वास नगर्ने पनि स्पष्ट पारेका छन् ।

‘देशमा लोकतन्त्र जोगाउनको लागी पनि काँग्रेसमा विधि पद्धती जोगाउन जरुरी रहेको बताएका कार्यक्रममा उनले भने , ‘क्षम प्रभावकारी पार्टीको रुपमा स्थापना पनि पहिले पार्टी भित्र विधिपद्धतीको स्थापना गर्नुपर्दछ, त्यसो गर्न नसके प्रजापरिषद्को बाटोमा नेपाली कांग्रेस जान्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर