अमेरिकामा बसोबास गर्ने नेपालीले मनाए लक्ष्मी पूजा — OSNepal

अमेरिकामा बसोबास गर्ने नेपालीले मनाए लक्ष्मी पूजा

LC (KTM) November 05, 2021 0

विजय थापा। डिसी महानगर क्षेत्र । अमेरिकामा बसोबास गर्ने नेपालीले धुमधामसँग श्रद्धाभक्तिको साथ लक्ष्मी पूजा मनाएका छन् । अमेरिकामा भर्खर जाडो सुरु भएको र लक्ष्मी पूजा बिहिबार परेकोले शुक्रबार काममा पनि जानु पर्ने हुनाले विभिन्न राज्यहरुमा छिटै रात परेकोले धेरै जसो राज्यहरुमा लक्ष्मी पूजा सम्पन्न भै सकेको छ ।

अमेरिकाका विभिन्न राज्यहरुमा ३ घण्टाको समय फरक हुने केही राज्यका शहरहरुमा लक्ष्मी पूजा प्रारम्भ हुदै गरेको अवस्था छ । अमेरिका नेपालमा जस्तै पूजा सामग्रीहरु प्राय हरेक ठाउँमा सर्वसुलभ तरिकाले पाइने हुनाले पूजा सामग्री,दियो,कलस,फलफुल, मिठाई लगायत सामग्रीहरु नेपाली समुदायले जुटाएका छन् । नेपालीहरुले आफ्ना घर आगन अगाडी र कोठा भित्र पनि बिभिन्न पक्रार र ढाचाका रंगोली बनाई घर सजाएका छन् । नेपालकै झझल्को आउने झिलीमिली बत्ती बाली घर उज्यालो परेका छन् ।

अमेरिकामा अझ पनि कोरोना भाइरस महामारीको प्रभाव रहेकोले नेपाली समुदायले सावधान र सतर्कता पूर्वक मनाई रहेका छन् । कोरोना बिरुद्धको खोप सम्भवत सबै नेपालीहरुले लगाई सकेकोले गत बर्ष २०२० भन्दा केही चहलपहल बढेको र आनन्द संग लक्ष्मी पूजा मनाई रहेका छन् ।

आफन्त र आफ्ना परिवार बीच आवत जावत गर्न सुरु भएकोले नेपालीहरुको दोश्रो महान चाड यस बर्ष तिहार उल्लासमय हुन् सकेको छ । लक्ष्मी पूजाको दिन साँझ भए पछि ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइएको छ ।

आज विशेषगरी घरका झ्याल, ढोका, कोठा,भ¥याङ लगायत स्थानमा सरसफाइ गरी दीपावली गरिएको छ । अमेरिकामा पनि आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाएका छन ।

अमेरिकामा आगलागीको डर हुनाले दियोमा बत्तिमा बाल्ने भन्दा मैनबत्ती बाल्ने प्रचलन भएकोले मैन बत्तिको प्रयोग ज्यादा गरेका छन् । अमेरिकामा बत्ति बल्दा घरमा जडान गरेको आगो लागेको सूचक यन्त्रले आवाज दिने हुनाले घर भित्र कम र बाहिर नै ज्यादा बालिने गरिन्छ । सोही अनुसार नेपालीहरुले मनाई रहेका छन् }

दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजाआरधना गरिन्छ । लक्ष्मीपूजापछि कन्या र छोरीचेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणासमेत दिने प्रचलन छ । बिगत बर्षहरुमा देउसी भैलो नजिक र साथीभाई ,आफन्तका घरमा खेलिने भएता पनि यस बर्ष पनि बिगत बर्षको झैँ कोरोना भाइरसको कारण कम खेलिएको छ ।

सुख-सम्पत्ति र ऐश्वर्य अभिवृद्धिको मनोकामना सहित लक्ष्मी पूजाको दिन माता लक्ष्मी तथा लक्ष्मीको स्वरूप धन पैसा, गरगहनाको विशेष रूपमा पूजाआजा र अर्चना गरी लक्ष्मीकै प्रसाद स्वरूप आफ्ना कन्तुर ,सन्दुक ,सुरक्षित राखनधरण आदिमा स्वस्तिक चिह्न अङ्कित गर्नु वा शुभ लाभ लेख्नु हाम्रो धार्मिक परम्परा रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर