रोल्पा अस्पतालमा विशेषज्ञ सेवा सुरु,बिरामी अन्यत्र जानुपर्ने अवस्थाको अन्त्य — OSNepal

रोल्पा अस्पतालमा विशेषज्ञ सेवा सुरु,बिरामी अन्यत्र जानुपर्ने अवस्थाको अन्त्य

LC (KTM) November 12, 2021 0

रोल्पा, २६ कात्तिक-जिल्ला अस्पतालमा विशेषज्ञ चिकित्सक सेवा सुरुआत भएको छ । एमडिजिपी तहका चारजना चिकित्सकले अस्पतालमा आफ्नो सेवा सुरुगरेसँगै अन्यत्र बिरामी रिफर गर्नुर्पे अवस्था अन्त्य भएको बताइएको छ ।

निकसाइमन्स इन्स्टिच्युटका सहयोगमा डा रणबहादुर बोगटी सहित अन्य तीन चिकित्सकले सेवा सुरु गर्नुभएका अस्पतालका सूचना अधिकारी कुलबहादुर डाँगीले बताउनुभयो । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष फविन्द्र आचार्यले दक्ष चिकित्सकद्वारा सेवा सुरुभएसँगै यहाँका बिरामी अन्यत्र जानुपर्ने अवस्था अन्त्य हुने बताउनुभयो । डा बोगटीले भन्नुभयो “दुर्गम जिल्लाका बिरामीको सेवा गर्न पाएकामा म खुशी छु । ” (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर