प्रदेश १ का मुख्यमन्त्री राईले पाए बिश्वासको मत — OSNepal

प्रदेश १ का मुख्यमन्त्री राईले पाए बिश्वासको मत

LC (KTM) November 20, 2021 0

प्रदेश एकमा ठुलै राजनीतिक उथल पुथल आईरहेको छ । एमाले बिभाजन पछि प्रदेश १ को रस्साकस्सी हेर्न लायककै देखियो । यसैक्रममा मुख्यमन्त्री राजेन्द्र राईले उडाए । उनै राईले आज बसेको प्रदेशसभा बैठक बाट बहुमत सदस्यको विश्वासको मत पाएका छन् । उनले प्रदेशसभामा ५० मत प्राप्त गरे ।

मत विभाजनको क्रममा उनको पक्षमा ५० मत र विपक्षमा २९ मत खसेको थियो । मंगलबार नै प्रदेशसभा बैठक आव्हान गरिएको थियो । तर प्रतिपक्षी एमालेले बन्दको कारण आफ्ना सांसदहरू आउन नपाएको भन्दै असन्तुष्टि जनाए पछि बैठक स्थगित भएको थियो ।

गठबन्धनको नेतृत्व गर्दै गत कार्तिक १६ गते राई मुख्यमन्त्रीमा नियुक्त भएका थिए । प्रदेशसभामा बहुमत प्राप्त संसदीय दल नभएपछि संविधानको धारा १६८ को २ बमोजिम मुख्यमन्त्री नियुक्त भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर