मनाङमा चिसो बढेपछि गाउँ झरे चौरी — OSNepal

मनाङमा चिसो बढेपछि गाउँ झरे चौरी

LC (KTM) December 02, 2021 0

चिसो बढेपछि गाउँ झरेको चौरी हिमपातसँगै मनाङ ङिस्याङ गाउँपालिका– ५, खेतको हिउँमै चर्दै ।

पुस्तकालयको तथ्याङ्क सङ्कलन गरिँदै-शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपालभर सञ्चालनमा रहेका सार्वजनिक र सामुदायिक पुस्तकालयको विवरण अद्यावधिक गर्न थालेको छ ।

मन्त्रालयले रिड नेपाल र न्यू एराको सहकार्यमा पुस्तकालयको तथ्याङ्क सङ्कलन सुरु गरेको हो । देशभित्रका पुस्तकालयको क्षमता विकास, सुदृढीकरण तथा सु–सञ्चालनका लागि तथ्याङ्क सङ्कलनले आवश्यक नीति निर्माण तथा विभिन्न कार्यक्रम तर्जुमा गर्न तीनवटै तहका सरकारलाई सहजता दिने विश्वास लिइएको छ । हाल मुलुकभरि करिब एक हजार सामुदायिक पुस्तकालय रहेका छन् । पठन संस्कृतिको विकास गर्नु र डिजिटल माध्यमको प्रयोगसँगै सार्वजनिक पुस्तकालयलमा पाठक बढाउने चुनौती देखिएको छ ।

मन्त्रालयको पुस्तकालय समन्वय तथा अभिलेख शाखाले अनलाइन प्रश्नावली भराई आउँदो पुस १५ गतेभित्र उपलब्ध गराउन आग्रह गरेका छन् । सोका लागि अनुगमन गरी सहयोग गर्न मन्त्रालयले स्थानीय तहलाई आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर