बिबाहको लागि जाँदै गरेको बस बाढीले बगाउँदा केन्यामा २३ जनाको मृत्यु — OSNepal

बिबाहको लागि जाँदै गरेको बस बाढीले बगाउँदा केन्यामा २३ जनाको मृत्यु

LC (KTM) December 04, 2021 0

केन्यामा बाढीले यात्रु बहाक बसलाई बगाउँदा २३ जनाको मृत्यु भएको छ । एन्जिउ नदीमा बाढीले बिबाह समारोहका लागि जाँदै गरेको बस बगाउँदा उनीहरुको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । यो दुर्घटना कितुइस्थित एन्जिउ नदीमा भएको थियो । स्थानीय संचारमाध्यमले २३ जना भन्दा बढीको मृत्यु भएको दाबी गरेको छ ।

आज भएको यस दुर्घटनालाई त्यहाँका स्थानीय अधिकारीहरूले एकदमै भयानक भनेका छन् । केही यात्रुहरु बेपत्ता भएकोले खोजीकार्य जारि राखिएको त्यहाँको सुरक्षा स्रोतले जनाएको छ । त्यस्तै १२ जनाको उद्धार समेत भएको बताइएको छ । दुर्घटनास्थलमा नदीको बहाव अत्याधिक रहेकोले उद्धारमा समस्या भइरहेको बताइएको छ ।

यस दुर्घटना लाई लिएर केन्याका उपराष्ट्रपति विलियम रुतोले दुःख ब्यक्त गरेका छन् । उनलेमृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । केन्यामा भारी बर्षा भइरहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर